म्युजिक सिस्टमसहितको अल–न्यु इन्डियन चिफटेन एलिट

करिब १ वर्ष अगाडी भारतीय बजारमा प्रबेस गरेको अमेरिकी इन्डियन मोटरसाइकल कम्पनीले भारतीय बजारमा अल–न्यु इन्डियन चिफटेन एलिट मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले अगस्ट १२ मा उक्त मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । 

यस बाइक १८११ सीसीको थंडरस्ट्रोक १११ भी टुइन इन्जिन दिइएको छ । जसले १०० पीएस पावर र १६१ एनएम टर्क प्रदान गर्छ । 

यसमा २०० वाटको अडियो सिष्टम छ, यसलाई भारतमा म्युजिक बाइकसमेत भनिन्छ। त्यसैगरी हाई स्पिडको अवस्थामा हावाको प्रभाव कम गर्न पुस बटन विन्डसिल्ड छ ।

चिफटेन एलिटलाई भारतीय बजारमा ३५० यूनिट मात्र बेच्ने कम्पनीले घोषणा गरेको छ । नयाँ मोडलमा पहिले भन्दा डिजाइन र अन्य धेरै कुरामा परिवर्तन गरिएको छ । यसमा प्रयोग गरिएको ह्यान्ड पेन्टेड कलर स्किमले यसको स्टाइललाई पूर्ण रुपमा प्रतिविम्बित गरेको छ ।

प्रिमियम लेदर सिट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम जस्ता फिचरले बाइकलाई उत्कृष्ट बनाएको छ । यसमा स्मार्टफोन र ब्लुटुथ कनेक्टिभिटी गर्न सकिन्छ भने यसलाई ग्लोबको सहयोगले समेत चलाउन सकिन्छ । यसको मूल्य करिब ३५ लाख भारु पर्ने अनुमान गरिएको छ ।

त्यसैगरी लामो दुरीको यात्राका लागि क्रुज कन्ट्रोल, एबीएस, टायर प्रेसर मोनिटर र किलेस इग्निसन आदि सुविधा छन् ।


Back_to_top