पछिल्लो समय सवारी उत्पादक कम्पनीहरुले सवारीमा वातावरणमैत्री प्रविधिलाई उच्च प्राथमिकता दिन थालेका छन् । कम्पनीहरुले नयाँ उत्पादन हुने कारमा सीएनजीलाई प्राथमिकता दिन थालेका हुन् ।
भारत सरकार र सवारी उत्पादक कम्पनीहरुले सीएनजी कार तथा अन्य सवारीलाई प्राथमिकता दिइ रहेको छन् ।
आम उपभोक्ताहरु माझ पनि यस्ता कारको चर्चा तथा उपयोग बढ्दै गइरहेको छ । अन्य पेट्रोल कारको तुलनामा सीएनजी कार केही महगो पर्छ । तर त्यस्ता कारको मूल्य बढी परेपनि माइलेज धेरै दिने हुनाले दैनिक लागत भने कम हुन्छ ।
यस्ता कारको औषत माइलेज १ केजी सिएनजीले करिब ३० किलोमिटर दिने गर्छ । दिल्लीमा सीएनजीको मूल्य प्रतिकेजी ४०.६१ भारु रहेको छ ।
यसरी हेर्दा प्रतिकिलोमिटर इन्धनलागत १.३५ भारु मात्र पर्ने गरेको छ ।
मारुती सुजुकी सेलेरियो ग्रिन

मारुती सुजुकी सेलेसियो भातरको निक्कै चर्चित कार हो । यो कार फ्याक्ट्रि–फिटेड सीएनजीसहित बिक्री हुँदै आएको छ । यो कारमा अटो गेयर बक्स रहेको छ, जुन निक्कै चर्चित पनि छ । सेलेरियो ग्रिनमा एड्भास ग्यास पोर्ट इजेक्सन सीएनजी प्रविधियुक्त रहेको छ ।
यो कारको सुरुवाती मूल्य ५ लाख १४ हजार भारु रहेको छ । यो कारको माइलेज ३१.७९ किलोमिटर प्रति केजी रहेको छ ।
मारुती सुजुकी अल्टो १०

मारुती सुजुकीको अल्टो १० पनि सीएनजी इन्जिनसहित बिक्री हुँदै आएको छ । मारुतीको लोकप्रिय कार अल्टोको १० भर्सनमा ९ सय ९८ सीसीको इन्जिन रहेको छ । यो कारले ५९ बीएचपी पावर र ७८ एनएम टर्क दिन्छ ।
अल्टो १० को मूल्य ४ लाख १८ हजार भारु रहेको छ र माइलेज ३२.२६ किलोमिटर प्रति केजी सीएनजी रहेको छ ।
मारुती सुजुकी वेगनआर

नयाँ वेगनआरमा ड्राइभर साइड एयरब्याग, एबीएस लगायत विशेषता रहेको छ । मारुतीले परिमार्जित भर्सनमा ल्याएको वेगनआर सीएनजीले चल्ने मोडलमा समेत छ । यो कारको सुरुवाती मूल्य ४ लाख ८७ हजार भारु रहेको छ । प्रतिकेजी सीएनजीले २६.६ किलोमिटर माइलेज यो वेगनआरले खिन्छ ।
मारुती अल्टो ८००

मारुतीको अल्टो ८०० पनि सीएनजी भर्सनमा सार्वजनिक भएको छ । अल्टो ८०० को एलएक्सआइ सीएनजीमा उपलब्ध रहेको छ । यो कारको सुरुवाती मूल्य ३ लाख ७५ हजार भारु रहेको छ । अल्टो ८०० ले ३३.४४ किलोमिटर माइलेज प्रतिकेजी सीएनजीको खपतमा दिन्छ ।


