टोयोटाले भविष्यका लागि भन्दै कन्सेप्ट अगाडि ल्याएको मिनी कार हो, टोयोटा आईरोड । यो न कार हो, न मोटरसाइकल । यसमा तीनपाङ्ग्रा दिइएको छ । यसले प्यासेन्जर पनि बोक्न सक्दैन । यो प्रर्शनल मोविलिटी भेहिकल हो ।
एकपटकको फुलचार्जमा ६० किलोमिटर गुडाउन सकिने टोयोटा आईरोड
पूर्णतः शहरी क्षेत्रलाई आधार बनाएर डिजाइन गरिएको हो । यसले कार्बन उत्सर्जनलाई रोक्नेछ भने सानो ठाउँमा सजिलै पार्किङ्ग गर्न सकिने किसिमले डिजाइन गरिएको छ ।
यसलाई कम्पनीले २०१४ मा पहिलोपटक जेनेभा अटो–शोमा सार्वजनिक गरेको थियो । टोयोटा आईरोडको पाँच अनौठो विशेषताबारे हामी तपाईंलाई जानकारी दिन गइरहेका छौँ ।
१. यसको साइज: टोयोटा आईरोडको लम्बाई सातफिट रहेको छ । यसको ठ्याक्कै साइज मोटरसाइकलको जत्रो छ भने सुरक्षा फिचर कारको रहेको छ । एउटा कारको स्ट्यान्र्डर्ड पार्किङमा दुईवटा आईरोडलाई सहजै पार्किङ गर्न सकिन्छ ।
२. सपोर्ट सिस्टमः यसको आश्चर्यजनक कुरामध्ये यसको सपोर्ट सिस्टम रहेको छ । टोयोटाले यसलाई ‘एक्टभी–लेन सस्पेन्सन’ भनेको छ । जब तपाईं एसको स्टेरिङ्ग ह्वीललाई घुमाउनु हुन्छ, त्यतिबेला आईरोड मोटरसाइकलजस्तै लाग्नेछ । सुरुमा पप्रयोग गर्दा तपाईंलाई डर लाग्नसक्छ, तर यो निकै रमाइलो अनुभव दिने किसिमको छ ।
३. सुरक्षा चेतनाः आईरोडमा एक सेफ्टी सफ्टवेयर निर्माण गरिएको छ । जसले तपाईंको स्पीडको आधारमा आफैँ कन्ट्रोल गरिदिनेछ ।
यदि तपाईं ज्यादा स्पीडमा जान थाल्नुभयो भने यो स्टिमले तपाईंको स्टेरिङ्गलाई भाईब्रेट गरिदिनेछ । साथै, तपाईंलाई गति कम गर्न भन्ने छ भने गति बढाउन बन्देज नै लगाउनेछ ।
४. चार्जिङ्ग पावरः यो कारको कुल तौल २७२ किलोग्राम रहेको छ । यसलाई तपाईं जुनसुकै स्थानमा सजिलै चार्जिङ्ग गर्न सक्नुहुनेछ । फुलचार्ज हुन तीन घन्टा समय लाग्नेछ । यसको उच्चगति ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई ५० किलोमिटर प्रतिघन्टाको स्पीडमा सहजै चलाउन सकिन्छ ।
५. आश्चर्यलाग्दो: टोयोटा आईरोड चलाउँदा सबैभन्दा गज्जबको कुरा भनेको सडकमा भएका हरेक मानिसले तपाईंलाई हेर्नेछन् । यसलाई अन्तर्राष्ट्रियजगत्मा रिभ्यू गर्नेहरूले जेलिविनसँग तुलना गरेका छन् । यो चलाउँदा निकै रमाइलो अनुभूति गर्न सकिनेछ । स्रोतः सिएनएन


