हुन्डाई मोटर इन्डियाका म्यानेजिङ डिरेक्टर तथा सीइओ वाइ के कूले नयाँ आउने कारले ह्याचब्याक सेगमेन्टमा २०/३० प्रतिशत बजार हिस्सा लिने दाबी गरेको छन् ।
हुन्डाईको नयाँ आउने कार सेन्ट्रो नै भएपनि कम्पनीले यसको नाम भने सार्वजनिक गरि सकेको छैन । कम्पनीले यो कारलाई हुन्डाई एएच–२ कोड नाम राखेको छ ।
हुन्डाइले नयाँ कारको क्याम्पेन १६ अगस्टदेखि गर्ने अनुमान गरिएको छ । उसले यो कारलाई अटोमेटिक ट्रान्समिसनमा समेत ल्याउने हुँदा बजार हिस्सामा बढ्ने अनुमान गरेको छ ।
उक्त क्याम्पेनमा नयाँ कारको नाम के राख्दा उपयुक्त हुन्छ भनेर आम मानिसलाई सोधिने छ । यस अघि भएका यस्तै क्याम्पेनहरुको रिपोर्टले हुन्डाई इन्डियालाई नयाँ कारको नाम सेन्ट्रो नै राख्न सुझाएको थियो ।
कूका अनुसार हुन्डाईको एएच–२ ग्रामिण बजारका लागि महत्वपूर्ण हुने छ । हुन्डाईले बिक्री पछिको सेवामा व्यापक विस्तार गरि हुन्डाईकै सवारी खरिद गर्दा उचित हुने वातावरण बनाइएको बताइएको छ ।
हुन्डाईले ल्याउने नयाँ कार जसको नाम सेन्ट्रो नै हुने सम्भावना धेरै छ, कम्पनीले संभवत अक्टोवर–२२ मा यसको सार्वजनिक गर्ने अनुमान गरिएको छ । कतिपयले यो कार अक्टोबर ४ मा नै सार्वजनिक हुनेसमेत बताएका छन् । तर कम्पनीले यसबारे औपचारिक मिति तय गरेको छैन ।
हुन्डाई एएच–२ मा अपडेटेड भर्सनको सेन्ट्रोमा १.१ लिटर इन्जिन प्रयोग गरेको अनुमान गरिएको छ । यो कारमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन हुनेछ ।


