टाटाको ‘बिग पन्च’: १० महिनामै पुरा भयो एक लाख यूनिट

काठमाडौं । टाटा मोटर्सको कान्छो माइक्रो एसयूभी पन्चले भारतीय बजारमा ‘बिग पन्च’ मारेको छ । कम्पनीले सन् २०२१ अक्टोवरबाट बजारमा ल्याएको पन्च माइक्रो एसयूभीले १० महिनामै एक लाख यूनिट विक्री आँकडा पुरा गरेरको हो ।

सानो साइज तर एसयूभी लुक्सको कारण यसको विक्री औषत मासिक १० हजार यूनिट भइरहेको छ । कम्पनीको सेल्स पोटफोलियोमा पन्चले करिब २५ प्रतिशत हिस्सा ओगटेको छ ।

टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा टाटाको पहिलो कार हो । यसले ग्लोबल क्रयास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएसँगै विक्रीमा पनि उछाल आएको हो । टाटाले पन्चको अहिलेसम्म नेपालमा विक्री सुरु गर्न पाएको छैन । तर, भारतमा भने विभिन्न ४ भेरियन्टमा विक्री हुँदै आएको छ ।

साइजमा सानो भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण नै भारतमा यसको विक्री राम्रो भएको मानिन्छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा पाउन सकिन्छ । साथै, पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top