काठमाडौं । बजाज अटोले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले बजाज सीटी १२५ एक्स बजारमा ल्याएको हो ।
बजाजले यसअघि सीटी ११० एक्स उत्पादन गरेको थियो । हाल कम्पनीले सीटी ११० एक्समा आधारित सीटी १२५ एक्स नयाँ मोडल ल्याएको हो ।
बजाज सीटी १२५ एक्सलाई कम्पनीले भारतमा रहेको आफ्नो डिलर नेटर्वकमा पठाइसकेको छ । यसको औपचारिक विक्री भने केही दिन भित्रै सुरु हुनेछ ।
बजाजले सीटी १२५ मा आकर्षक हेडल्याम्प कौल दिइएको छ भने इन्जिन कौलमा भी सेपको एलइडी डिआरएल दिइएको छ । यसमा राउन्ड हेलोजीन बल्ब हेडल्याम्प पाउन सकिन्छ ।
यसमा अगाडि सानो भाइजरसमेत जोडिएको छ । राउन्ड हेडल्याम्पमा मेटल गार्डको प्रयोग गरेर बल्की डिजाइन दिन खोजिएको छ । सीटी १२५ एक्सको फ्रन्टमा फोर्क गेटर्ससहितको टेलिस्कोपीक सस्पेन्सन पाउन सकिन्छ ।
सीटी १२५ को इन्धन ट्याङकको दुई साइडमा ग्रिप दिइएको छ भने पिलियन ग्रयाबरेलमा लगेज र्याकसमेत उपलब्ध छ ।
बजाज सीटी १२५ एक्समा पल्सर १२५ मा रहेको इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ११.६ बीएच पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध हुनेछ ।

