काठमाडौं । सरकारले करको दरमा वृद्धि गरेसँगै टेस्लाले कारको मूल्य बढाउने भएको छ । टेस्लाको नेपाली विक्रेता अरेटी इन्टरनेशनलले टेस्लाको दुई मोडलको मूल्य तय गरेको हो ।
कम्पनी स्रोतका अनुसार दुबै मोडलको मूल्यमा करिब २५ लाख रुपैयाँले मूल्य बढ्ने भएको हो ।
‘हामीले मोडल थ्री र मोडल वाईको नयाँ मूल्य तय गरेका छौं । दुबै मोडलको मूल्य करिब २५ देखि ५५ लाख रुपैयाँले बढाउनु परेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
टेस्लाको सबैभन्दा धेरै विक्री हुने मोडल थ्रीको मूल्य यसअघि १ करोड २५ लाख रुपैयाँ रहेकोमा नयाँ मूल्य १ करोड ५० लाख बनाइएको छ । साथै, कम्पनीले विक्री गर्ने अर्को मोडल वाईको मूल्य यसअघि १ करोड ७५ लाख रुपैयाँ रहेकोमा अब यसको मूल्य २ करोड ३० लाख रुपैयाँ पर्नेछ ।
नेपाली बजारमा नयाँ रणनीति तयार गरेर टेस्लाका गाडी विक्री गर्ने योजना बनाएको कम्पनीले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पो २०२२ मा पनि सहभागिता जनाउने भएको छ ।
अहिले अमेरिकामा उत्पादन भएको टेस्लाका कार नेपाल ल्याएर विक्री गर्दै आएको कम्पनीले छिट्टै चीनमा उत्पादन भएका मोडल नेपाल ल्याउने तयारी भएको भन्दै कम्पनी स्रोतले भन्यो, ‘अब राइट ह्याण्ड ड्राइभ भएका देशमा चीनले गाडी सप्लाई गर्ने भनेको छ । नयाँ आउने गाडी चीनबाट आउने छ ।

