काठमाडौं । अल्ट्राभायोलेट इलेक्ट्रीकले आफ्नो उच्च क्षमताको पहिलो मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले एफ -७७ सेप्टेम्वरकाे अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीले ४ वर्ष अघि नै यसको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो । कम्पनीले अल्ट्राभायोलेट एफ-७७ को तीन भेरियन्ट सार्वजनिक गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको एफ-७७ मोटरसाइकलमा २५ किलोवाट क्षमताको एयर कुल्ड मोटरले दिइएको छ । यो मोटरले ३३.५ हर्सपावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता प्रतिघन्टा १४७ किलोमिटरको रहेको छ भने यसमा इको, स्पोर्ट र इन्सेनगरि तीन राइडिङ मोड दिइएको छ ।
यसमा उपलब्ध ४.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री सामान्य चार्जरबाट पाँच घन्टामा र फास्ट चार्जरबाट एक घन्टा ५० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यसले एकपटकको फुलचार्जमा १३० देखि १५० किलोमिटर रेञ्ज प्रदान गर्नेछ । मोटरसाइकलमा ट्रेलिस फ्रेम, युएसडी फर्क, आल्म्युनियम सस्पेन्सन र प्रि–लोड एडजस्टेबल मनोशक दिइएको छ ।
यस्तै, मोटरसाइकलको फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ भने डबल च्यानल एबीएसको विशेषता दिइएको छ । दुबै साइडमा १७ इन्चको अलोय ह्वील दिइएको छ ।

