काठमाडौं । चिनियाँ प्राविधिकले तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा हेर्दा केरुङ-काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब रुपैंयाँमा निर्माण सम्पन्न हुने भएको छ । केरुङ-काठमाडौं रेलमार्ग ९ बर्षमा निर्माण सम्पन्न गर्न सकिने र त्यसको लागत २ खबै ५७ अर्ब मात्रै हुने देखिएको हो ।
रसुवागढी सिमा नाकादेखि काठमाडौंसम्मको दुरी जम्मा ७२.२५ किलोमिटर हुनेछ जसमध्य रेलमार्गको ९८.५ प्रतशित खण्ड पुल तथा सुरुङमा रहनेछ ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायकाअनुसार रेलमार्ग जटिल भूगोलमा निर्माण गर्नुपर्ने भएकाले पनि सुरुङ नै उपयुक्त हुने देखिएको छ ।
चीन सरकारले सहुलियत ऋणमा रेलमार्ग निर्माण गर्न सकिने बताउँदै आएको छ । नेपालले भने अनुदानमा निर्माण गरिदिन आग्रह गरिरहेको छ ।
त्यस बाहेक केहि प्रतिशत सहुलियत ऋण, केहि अनुदान र केहि नेपाल सरकारको लगानीमा निर्माण गर्नेबारे पनि छलफल भैरहेको भौतिक पूर्वाधारत तथा यातायात मन्त्री रघुबिर महासेठले बताए । आगामी ९ महिनाभित्रै डीपीआर तयार हुने पनि मन्त्री महासेठले बताए ।

