काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को आज समापन हुँदैछ । असोज ६ गतेबाट सुरु भएको ईभी एक्स्पो सफलता पूर्वक समापनतर्फ अगाडि बढेको हो । नेपालमै पहिलो पटक भएको ईभी एक्स्पोमा विश्वमा विद्युतीय गाडी उत्पादन गरेर चर्चा कमाएका ब्राण्डहरुको उपस्थिति रहेको छ ।
एउटै छानामुनी नेपालमा उपलब्ध प्रायः सबै ब्राण्डका साधन अबलोकन गर्न पाउने भएको कारण मानिसहरुको आकर्षण मेलामा देखिएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा भइरहेको मेला अबलोकन गर्न चाहने मानिसको लागि आज अन्तिम अवसर हुनेछ ।
ईभी एक्स्पोसँगै आज भृकुटीमण्डमा नै ईभी चौतारी अन्तर्गत विद्युतीय सवारीसाधन र राज्यको नीतिका विषयमा छलफल हुँदैछ । उक्त छलफलमा नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतका सरकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहनेछ ।

