ईभी एक्स्पोमा १ लाख ७० हजारमै ७० किमी गुड्ने स्कुटर

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना भएको इलेक्ट्रीक सवारी साधनको प्रदर्शनी नाडा ईभी एक्स्पो २०२२ आज सकिएको छ । नाडा ईभी एक्स्पोमा ९ ब्रान्डका चारपांग्रे र १६ ब्रान्डका दुईपांग्रे सवारी साधन प्रर्दशनी थियो ।

यो ईभी एक्स्पोमा १ लाख ८४ हजार रुपैयाँदेखि करिब ६ लाख रुपैयाँसम्मका दुईपांग्रे इलक्ट्रीक सवारी साधन उपलब्ध रहेको थियो ।

चार दिन चलेको ईभी एक्स्पोमा सहभागी ब्रान्ड मध्ये हिमाल ईभी मोटर्सले विक्री गर्ने आइमा ब्रान्डको स्कुटर सबैभन्दा कम मूल्यको रहेको छ ।

कम्पनीले विक्री गर्ने आइमा टाइगर एस ५ ईभी एक्स्पोमा उपलब्ध सबैभन्दा कम मूल्यको स्कुटर हो । यो स्कुटरमा १.२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा १.४४ किलोवाट क्षमताको लिड एसिड ब्याट्री रहेको छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर ७५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । ७ घन्टामा यो ब्याट्री फुल चार्ज गर्न सकिन्छ ।

यो स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, दुवैतर्फ डिस्क ब्रेक, एलइडी हेडल्याम्प, एलईडी टेलल्याम्प जस्ता फिचर रहेका छन् । त्यस्तै, यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ ।

यो स्कुटरको मूल्य १ लाख ८४ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको कम्पनीले ईभी एक्स्पो र फेस्टीभ सिजनसम्म १४ हजार रुपैयाँ छुट दिने बताएको छ ।

 


Back_to_top