टाटाको ‘बडा पर्वको बडा अफर’ सार्वजनिक

काठमाडौं । टाटा मोटर्सको अधिकारीक बितरक सिप्रदी ट्रेडिङ्गले प्यासेन्जर भेहिकल सेग्मेन्टमा ‘वडा दशैं २०७९’लाई लक्षित गरेर ‘बडा पर्वको बडा अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ ।

जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाईनान्सको सुविधा प्रदान गरेको छ ।

अहिले स्टक रहेको कारण बडा पर्वको बडा अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले दशैं अगाडि नै डेलिभरी पाउने छन् ।

टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु विक्री गर्दै आएको छ ।


Back_to_top