काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्राण्ड एक्स्चेन्ज एण्ड फाइनान्स मेला’ सुरु गरेको छ । कम्पनीले आज (सोमबार)बाट काठमाडौंको भृकुटी मण्डपमा मेला सुरु गरेको हो ।
आजबाट सुरु भएको ‘टीभीएस ग्राण्ड एक्स्चेन्ज एण्ड फाइनान्स मेला’ कार्तिक ५ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसका उत्पादन खरिद गर्दा पुरानो मोटरसाइकल र स्कुटरमा बजार मुल्याङ्कन भन्दा ७ हजार बढी पाउने छन् । साथै, नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पनि दिइने कम्पनीले जनाएको छ ।
यस योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ । जसमा न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँ मासिक किस्ता तिर्नेगरी बाइक तथा स्कुटर खरिद गर्न सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

