काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले आज सोमबार एक कार्यक्रम आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।
यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो ।
नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको थियो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए । उनले बीवाइडी जस्तो विश्व प्रसिद्ध ब्राण्डसँग आफु जोडिन पाएकोमा खुसी ब्यक्त गरे ।
त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेको भन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिएका थिए ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरीघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ ।’

साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिएका थिए ।
बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।

