पछिल्लो समय निकै आक्रमक रहेको टीभीएसले भारतीय बजारमा नयाँ बाइक ‘रेडिअन’ लन्च गरेको छ । ११० सीसीको सो बाइकको मूल्य ४८ हजार ४ सय भारु तोकिएको छ ।
यससँगै टीभीएसले इन्ट्रि लेवल बाइक सेगमेन्टमा बलियो पकड बनाउने योजना बनाएको छ । विशेष गरी २५ देखि ३५ वर्ष सम्मका युवाहरुलाई लक्ष्यित गरी बाइकलाई बजारमा उतारेको टीभीएसले जनाएको छ ।
१०९.७ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिनले ८.२ बीएचपी पावर र ८.७ एनएम टर्क उत्पादन गर्छ । यसमा फोर–स्पिड गियरबक्स छ । बाइकमा १० लिटरको इन्धन ट्यांक छ भने यसले ६९.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
रेडिअनमा पावरफुल हेडल्याम्प र क्रोम बेजलका साथै डे टाइम रनिङ लाइट, इन्स्ट्रुमेन्ट क्लस्टर, सक एब्जर्बर जस्ता फिचर रहेका छन् ।
यसको ह्विलबेस १ हजार २ सय ६५ एमएम छ र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । यसमा बिपरसहितको साइड स्ट्यान्ड इन्डिकेटर, इलेक्ट्रिक स्टार्ट, १८ इन्चको एलोई ह्विल, यूएसबी चार्जिङ स्लटजस्ता सुविधा दिइएको छ ।

