भारतमा विक्री उछाल आउँदा नेपाल सुस्त इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपालमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको विक्रीमा उत्साह नआउँदा भारतमा भने निकै राम्रो संख्यामा विक्री भइरहेको तथ्यांकहरु बाहिर आएका छन् ।

भारतमाभन्दा धेरै ब्राण्डले नेपालमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्री गर्दै आएको भएपनि संख्यात्मक वृद्धि नहुनु सुखद पक्ष होइन । तर, नेपालमा दुई पाङ्ग्रे साधनबाट नै लामो दुरी यात्रा गर्ने मानिस धेरै भएको कारण इलेक्ट्रीक स्कुटरको विक्री न्यून भएको मानिन्छ ।

भारतमा नोभेम्वर २०२२ को विक्री तथ्यांक अनुसार एक महिनामा ७६ हजार यूनिटभन्दा धेरै इलेक्ट्रीक दुई पाङ्ग्रे साधन विक्री भएका छन् । भारतमा पनि मासिक ७६ हजार १६३ यूनिटको आँकडा भेट्टाएको पहिलो पटक हो ।

नोभेम्वर महिनाको विक्री तथ्यांक अनुसार ओला पहिलो नम्वरमा रहेको छ । ओलाले १६ हजार २४६ यूनिट स्कुटर विक्री गर्दैै पहिलो स्थानमा रहन सफल भएको हो । ओला जनवरी २०२३ बाट नेपालमा पनि विक्री सुरु हुँदैछ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको एम्पेयरले १२ हजार २३२ यूनिट इलेक्ट्रीक स्कुटर विक्री गर्दै दोस्रो स्थान हासिल गरेको छ । एम्पीयरका स्कुटर नेपालमा पनि विक्री वितरण भइरहेको छ ।

भारतमा तेस्रास स्थानमा ओकिनवा, चौथो स्थानमा हिरो र पाँचौ स्थानमा टीभीएस छन् । यी सबै ब्राण्डका स्कुटर नेपालमा किन्न पाइन्छ । टीभीएसले भने अहिले परिक्षण गरिरहेको जनाएको छ ।

यस्तो छ ब्रान्ड अनुसारको विक्री


Back_to_top