यामाहा इन्डियाले १५० सीसी प्रिमियम एड्भेन्चर मोटरसाइकल ल्याउँदै

काठमाडौं । यामाहा इन्डियाले इन्ट्रि लेबल एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल भारतीय बजारमा ल्याउने योजना अघि सारेको हो ।

यामाहा इन्डियाका चेयरम्यान ‘इसिन चिहाना’ ले भारतमा इन्ट्रिलेबल एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी गरिरहेको बताएका हुन् । चिहानाले भारतीय संचार माध्यमसँगको अन्तर्र्वार्तामा १५० सीसी सेग्मेन्टमा प्रिमियम एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी कम्पनीले थालेको बताएका हुन् ।

यसले के संकेत गर्छ भने कम्पनीको अन्तर्राष्ट्र्रिय बजारमा विक्री भइरहेको डब्ल्यू १५५ आर एड्भेन्चर मोटरसाइकल वा निर्माणको क्रममा रहेको यामाहा एफजेडएक्समा आधारित एड्भेन्चर मोटरसाइकल भारतीय बजारमा आउने सम्भावना रहेको छ ।

यामाहा डब्ल्यू १५५ आर प्रिमियम इन्ट्रिलेबल एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा विक्री भइरहेको छ । यो मोटरसाइकल इन्डोनिशियाली बजारमा विक्री हुँदै आएको छ भने हालसम्म पनि भारतीय बजारमा आउन सकेको छैन् ।

इन्डोनेसियामा विक्री भइरहेको डब्ल्यू १५५ आर मोटरसाइकल आर १५ भी थ्रीमा दिइएको इन्जिन प्रयोग गरिएको छ ।

डेल्टा बक्स फ्रेमको प्रयोग गरिएको यस बाइकमा एलइडी यूनिटको साथ हेलोजिन हेडलाइटको प्रयोग गरिएको छ ।

कम्पनीले अफरोडको लागि तयार गरेको यस बाइकमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । तर, यसमा दिइएको कन्सोल अन्य बाइकको तुलनामा कम्प्याक्ट रहेको छ । उक्त एलसीडी डिस्प्लेमा ओडोमिटर, टेकोमिटर, ट्रिप मिटर, एभरेज फ्युल कन्जमसन इन्डिकेटर, गियर पोजिसन मिटर, टाइम लगायतका थुप्रै फिचर एलसीडीमा डिस्प्ले हुनेछ ।

सहज फुट पेज, सिंगल पिस ह्यान्डलवार, स्वीच गियर, हाजार्ड लाईट जस्ता फिचर समेटिएको डब्ल्यूआर १५५ आर एसियाली बजारमा चर्चित बन्ने कम्पनीको अपेक्षा रहेको छ

२४५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको मोटरसाइकलमा सिट हाइट ८८० एमएम रहेको छ । मोटरसाइकलको कुल तौल १३४ केजी रहेको छ ।

कम्पनीले यसमा दिएको १५५ सीसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एसओएचसी, ४ भल्भ भीभीए टेक्नोलोजीको इन्जिन दिइएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १६.७ पीएस पावर र ६५०० आरपीएममा १४.३ एनएम टर्क प्रदान गर्छ ।

मोटरसाइकलको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि प्रि–लोडेड एड्जस्टेवल मोनोशक दिइएको छ । अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको मोटरसाइकलमा वेभ टाइप डिस्क ब्रेक प्रदान गरिएको छ ।


Back_to_top