‘बडी-अन-फ्रेम’मा बनेको सबैभन्दा सुरक्षीत एसयूभी महिन्द्रा स्कर्पियो

काठमाडौं । पछिल्ला वर्षमा भारतीय उत्पादक ब्राण्डले बनाएका गाडी तुलनात्मक रुपमा सुरक्षीत र बलिया छन् । भारतमा गाडी उत्पादन गर्ने यूरोपियन र जापानी ब्राण्डलाई उछिनेका टाटा र महिन्द्रा सुरक्षाको मामलामा उत्कृष्ट देखिएका छन् ।

महिन्द्राले सन् २००२ देखि उत्पादन गर्दै आएको स्कर्पियो ग्राहकले धेरै रुचाए पनि क्र्यास टेष्टको मामलामा कमजोर रहँदै आएको थियो । तर, केही महिनाअघि मात्रै बजारमा आएको नयाँ जेनेरेशन स्कर्पियो एनले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल भएसँगै यसको प्रसंशा चुलिएको छ ।

ग्लोबल एनक्याप क्रयास टेस्टको नयाँ प्रोटोकल अनुसार ५ स्टार रेटिङ पाउने पहिलो बडी-अन-फ्रेम एसयूभी स्कर्पियो एन बनेको छ । भारतमा उत्पादित अन्य ५ स्टार रेटिङ पाउने मोडल मोनोकर्क च्यासीसमा बनेका हुन् ।

के हो बडी-अन-फ्रेम भेहिकल ?

मुख्य च्यासीस र बडी भिन्दा-भिन्दै बनाएर पछि जोड्ने पद्दतीलाई बडी-अन-फ्रेम भनिन्छ । यो प्रविधि विशेष अफरोड एसयूभी, ट्रक तथा बसहरुमा प्रयोग हुन्छ । यसको मुख्य फाइदा भनेको यसको स्ट्रक्चर एकदम मजबुद तथा फेक्जीबल हुन्छ । जसका कारण रफ एण्ड टफ टेरेनमा यस्ता गाडीको पफर्मेन्स उत्कृष्ट हुन्छ । यसले धेरै लोड बोक्न सक्ने क्षमता राख्छ ।

बडी-अन-फ्रेमलाई ल्याडर च्यासीस पनि भन्ने गरिन्छ । यसको च्यासीसमा एउटा भर्याङ जस्तो फ्रेम तयार गरिएको हुन्छ । सोहि फ्रेममा सस्पेन्सन र इन्जिन फिट गरिसकेपछि मात्र बडी फिट गरिन्छ । यस्ता एसयूभीहरु फोर बाई फोर सिस्टम युक्त हुन्छन् ।

भारतमा उत्पादन भएको हाइ पफर्मेन्स एसयूभीहरु टोयोटा फर्चूनर, फोर्ड एन्डेभर, फोर्स गुर्खा तथा महिन्द्रा थार यसअघि निर्माण भएका ल्याडर च्यासीस एसयूभी हुन् ।

मोनोकर्क च्यासीस भेहिकल

यो प्रविधिमा बनेका गाडीहरुको पुरै भित्री स्ट्रक्चर फ्रेम एकैपटक जोडेर बनाइएको हुन्छ । मोनोकर्क च्यासीसमा फ्रेम बनिसकेपछि यसैलाई एसेम्बली लाइनमा राखेर कम्प्लीट इन्जिन, एक्टेरियर तथा इन्टेरियरका पार्टसहरु फिट गरिएको हुन्छ । यो च्यासीस तयार गर्दा नै यसमा अन्य कम्पोनेन्ट फिट गर्नका लागि आवश्यक प्वालहरु राखिएकोे हुन्छ ।

लाइटवेट सिटी कारहरु यो प्रविधिमा आधारित भएर बनेका हुन्छन् । यसमा स्टेवीलीटी, माइलेज तथा राइडिङ क्वालीटी तथा कम्फर्ट लेवल धेरै पाउन सकिन्छ । साना साइजका एसयूभी, ह्याचव्याक, सेडानहरु यो प्रविधिमा बन्छन् ।


Back_to_top