बजाजका अधिकांश मोटरसाइकल नयाँ इन्जिनमा, यी हुन् मुख्य ५ मोडल

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारी विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले भारतमा सन् २०२० बाट सुरु भएको नयाँ प्रदुषण मापदण्ड बीएस सिक्स अनुसारका मोटरसाइकल ल्याउन थालेको छ । कम्पनीले विभिन्न ५ मोडललाई नयाँ मापदण्डको इन्जिनमा विक्री सुरु गरेको हो ।

कम्पनीले पछिल्लो समय बजाज पल्सर एनएस २०० पनि बीएस सिक्स इन्जिनमा विक्री थालेको छ । केही महिना अगाडि बजाजले नेपाल ल्याएको पल्सर २५० एन र पल्सर १६० एन पनि नयाँ मापदण्डको इन्जिनमा थियो ।

कम्पनीले त्यसपछि डोमिनार २५०, डोमिनार ४०० र पल्सर एनएस २०० लाई नयाँ मापदण्डको इन्जिनमा ल्याएको हो । नयाँ मापदण्डको इन्जिनमा मोटरसाइकल ल्याएपनि उपलब्ध भएसम्म कम्पनीले बीएस फोर मापदण्डका मोडललाई पनि निरन्तरता दिएको छ ।

यस्तो छ बीएस सिक्स मोडलको मूल्य

कम्पनीले विक्री गर्ने पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ पनि बीएस सिक्स इन्जिनमा उपलब्ध छ । पल्सर एनएस १२५ मोडलको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै पल्सर १६० एनको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ, पल्सर एनएस २०० को मूल्य ४ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री भइरहेको छ ।

कम्पनीले बजाज डोमिनार २५० र ४०० एबीएसको मूल्य क्रमश ५ लाख ८९ हजार ९०० र ६ लाख ४४ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल २५० एनको मूल्य ४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

 


Back_to_top