काठमाडौं । एसवाईएमको एड्भेन्चर मोटरसाइकल मासिक ९ हजार ९९९ रुपैयाँ तिरेर किन्न सकिने भएको छ । कम्पनीले ल्याएको फाइनान्स स्कीममा ग्राहकले कुनैपनि ब्याज नलाग्ने स्कीममा मोटरसाइकल किन्न पाउने भएका हुन् ।
एसवाईएम नेपालले विक्री गर्ने एसवाईएम ‘एनएच टी २००’ मोटरसाइकल ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।
अहिले ‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।
मासिक किस्ता ९ हजार ९९९ रुपैयाँ तिर्ने ग्राहकले ३० महिनाको किस्ता तिर्नु पर्ने हुन्छ । यो रकममा ब्याज जोडिएको कम्पनीले जनाएको छ । त्यस्तै ५० प्रतिशत रकम डाउन पमेन्ट गरेर १ वर्षमा बाकि रकम चुक्ता गर्न चाहाने ग्राहकले भने मासिक किस्ता २६ हजार ४१ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसमा ग्राहकले कुनै ब्याज तिर्नु पर्दैन ।

यूरो ४ मापदण्डको सिंगल सिलिण्डर, फोर स्टोक, एसओएचसी, १८३ सीसी क्षमताको एफआई इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।
दुबै चक्कामा डिस्क ब्रेक, ११ लिटर क्षमताको इन्धन ट्याङ्क, अगाडि १९ र पछाडि १७ इन्चको ह्वील, अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन यसमा पाउन सकिन्छ । अपराइड राइडिङ पोस्चर भएको ‘एनएच टी-२००’मा फुल एलइडी लाइट, डिजिटल क्लष्टर पाउन सकिन्छ ।

