काठमाडौं । बीवाइडीले आफ्नो चर्चित ग्लोवल मोडल डल्फीनको २०२३ मोडल सार्वजनिक गरेको छ । कम्पनीको चर्चित ह्याचब्याक डल्फीन मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यको कारण चर्चामा रहेको मोडल हो ।
बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्री डल्फीनको बलियो पक्ष हो । बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइजमा उपलब्ध हुने डल्फीनको ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।
नयाँ डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, एटो थ्रीमा रहेको ५ इन्च फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट रहेको छ ।
सुरक्षाको लागि अब्बल बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट मोड दिइएको छ ।

निकै आकर्षक र लग्जरी फिचरले भरिपूर्ण डल्फीन ह्याचव्याकमा फ्रन्ट ह्वीलमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । एउटा ७० किलोवाट पावर र १८० एनएम टर्क प्रदान गर्न सक्षम छ भने अर्को १३० किलोवाट पावर र २९० एनएम टर्क प्रदान गर्न सक्षम छ ।
सून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्ने यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
बीवाइडी लागि नेपालको आकिारीक विक्रेता साइमेक्स इंकले चाँडै डल्फीन ह्याचव्याक नेपाल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले जापान, अष्ट्रेलिया, थाइल्याण्ड, सिंगापुर, भारत लगायतका देशमा डल्फीन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यहीसँगै नेपाल पनि आउने छ ।

