काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत मार्चमा भएकाे युएस बाङ्ला विमानको भयानक दुर्घटना पाइलटको गल्तीका कारण भएको गोप्य रिपोर्ट मिडियामा सार्वजनिक भएको छ । ५१ जना यात्रुको ज्यान जाने गरि विमानस्थलमै भएको दुर्घटनाले तत्कालिन अवस्थामा नेपालको हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको थियो ।
दुर्घटनाको लगत्तै युएस बाङ्लाले त्यस दुर्घटनाको कारण नेपाली एयर ट्राफिक कन्ट्रोलरको असहयोग र असक्षमता भनेर आरोप लगाएको थियो । तर हालै ‘दि काठमाडौं पोष्ट’मा प्रकाशित रिपोर्टकाअनुसार भने यसमा नेपाली पक्षको कुनै दोष देखिएको छैन् । मिडिया रिपोर्टका अनुसार फ्लाईट बिएस २११ को कमाण्ड क्याप्टेन अबिद सुल्तान थिए । जो पहिला बङ्गाली एयरफोर्सका पाइलट पनि थिए र को–पाईलटको भूमिकामा महिला पाईलट प्रिथुला रसिद थिइन् ।

उक्त फ्लाईटको क्रममा क्याप्टेन अबिद सुल्तान अत्याधिक मानसिक तनाब, अनिन्द्रा र चिन्ताको अवस्थामा रहेको बताइएको छ । जसले गर्दा उनले लिएको श्रृंखलागत गलत निर्णयको कारणले २२ नेपाली मेडिकल विद्यार्थी र अन्य २९ जना विदेशी नागरिक गरि ५१ जनाको ज्यान गएको थियो ।
सुन्दरीजलको आकाशमाथि जहाज झण्डै १७५ फिटको उचाईमा झरेको र ग्राउण्ड प्रोक्सीमीटी वार्निङ्ग सिस्टमको अलार्म बजेको थियो ।
ककपिट भ्वाइस रेकर्डरको रिपोर्टका अनुसार क्याप्टेन र कोपाईलट दुबै जना फाईनल अप्रोच तथा ल्याण्डीङको बेलामा असमन्जस्यतामा रहेको सुनिन्छ । काठमाडौं एयरपोर्टको कन्ट्रोल टावरको अप्रोचले ‘गुराँस स्पट’ माथि केही समय होल्ड गरिरहनु भनेको निर्देशन विपरित क्याप्टेनले ‘यस्तो परिस्थितिमा होल्ड गर्न जरुरत नभएको’ भनेको सुनिन्छ ।
त्यस्तै ०–२ रनवे कोटेश्वरतर्फबाट ल्याण्ड गर्नु भन्ने निर्देशनको विपरित पाइलटले रनवे २–० (बौद्ध) तर्फ जहाज लगेका थिए । उक्त जहाज काठमाडौंको उत्तरपूर्व सुन्दरीजल क्षेत्रमा झन्डै ठोक्किएको थियो । सुन्दरीजलको आकाशमाथि जहाज झण्डै १७५ फिटको उचाईमा झरेको र ग्राउण्ड प्रोक्सीमीटी वार्निङ्ग सिस्टमको अलार्म बजेको थियो ।
टावरले तत्काल फ्लाईट क्रूलाई उनीहरु कुन दिशाबाट ल्याण्डिङ् गर्न चाहिरहेका छन् भनि सोधेको थियो । क्याप्टेन सुल्तानले फेरिपनि रनवे ०–२ (कोटेश्वर तर्फ) मा ल्याण्ड गर्न चाहेको बताए । टावरले जहाजको अगाडि ट्राफिक रहेको भनेपनि पाईटल पुरै कन्फ्यिुजनमा रहेको बुझेपछि अन्त्यमा कन्ट्रोल टावरले ०२ तथा २० दुवैतर्फ खाली गरेर दुई मध्ये कुनै पनितर्फबाट ल्याण्ड गर्न सक्ने अनुमति दिएको थियो ।

अनुभवी क्याप्टेन जसले १०० भन्दा बढी पटक काठमाडौं एयरपोर्टमा ल्याण्ड गरेका थिए । तर, उनी उक्त समयमा आफु कहाँ उडिरहेको छु र रनवे ०२ तथा २० कता छ भन्ने कुरामा पुरै कन्फ्यिूजनमा देखिएका थिए । पाईलटहरुले आफूहरु कन्फ्यिूजनमा रहँदा पनि टावरसँग सहयोग नमाग्नुको कारण भने अझै स्पस्ट भएको छैन ।
जवरजस्ती किन क्याप्टेनले ल्याण्डिङ गराउन खोजे त ? भन्ने विषयको कारण खोजीगर्दा क्याप्टेनको गलत निर्णय र व्यक्तिगत समस्याका कारण दुर्घटना भएको पुष्टी गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
को–पाईलट रसिदले आफूले रनवे देखेको भनेता पनि क्याप्टेनले भने केही थाहा पाउन नसकेको बुझिन्छ । तर, गलत अप्रोचमा जहाज जाँदासमेत को–पाईलटले ल्याण्डिङको प्रकृया रोक्न कुनै प्रयास नगरेको तथ्य बाहिर आएको छ ।
उक्त समयमा कन्ट्रोल टावरले भने गलत भइरहेको तथा ल्याण्डिङको प्रकृया तुरुन्त रोक्न आदेश दिएका थियो । तैपनी जवरजस्ती किन क्याप्टेनले ल्याण्डिङ गराउन खोजे त ? भन्ने विषयको कारण खोजीगर्दा क्याप्टेनको गलत निर्णय र व्यक्तिगत समस्याका कारण दुर्घटना भएको पुष्टी गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
ककपिट रेकडिङ्गका अनुसार सो समयमा जहाज मात्र ४५ फिटको उचाईमा रहेको र ग्राउण्ड प्रोक्सिभिटी वार्निङको अलार्म बजेको थियो । तर, अन्तिम समयमा पाइलटले ठिक टावर नजिकबाट ठोकिन जोगाउदै रनवे तिर जहाज मोडेका थिए । त्यसपछि दाहिने तिरको ल्याण्डिङ गियरले मात्र रनवे छोएको थियो । तत्काल जहाज चिप्लँदै नजिकको चौरमा बजारिएर ६ सेकेन्ड भित्र आगलागी शुरु भएको थियो ।
जहाजमा रहेको २८ सय केजी इन्धनले जहाज तथा त्यसमा सवार व्यक्तिहरुलाई जलाउन केहि मिनेट मात्र लगाएको थियो । तर भाग्यले जहाजमा सवार २० जना यात्रु बाँच्न सफल भएका थिए ।
ककपिट भ्वइसरेकर्डले गरेको क्याप्टेन र कोपाइलटबीचको १ घण्टा लामो कुराकानीको रेकर्ड अनुशार ककपिटमा ५५०० फ्लाईङ्ग आवरको एक्पिरीयन्स भएका इन्स्टक्टर पाईलट सुल्तान पूरै तनावमा रहेको बुझिएको छ । उनी वास्तविक एयरपोर्ट र रनवेको स्थितीसँग अनविज्ञ रहेको प्रस्ट हुन्छ । फ्लाईटको दौरान क्याप्टेनले सुरक्षित फ्लाइटको विषयमा आफूले वास्ता नगर्ने, तिमी आफ्नो डिउटी गर जस्ता शब्दहरु कोपाइलटलाई भनेका छन् । क्याप्टेनले धेरै पटक आफ्ना महिला कोपाइलटलार्इ अपशब्दसमेत बोलेको रेकर्ड भएको छ ।
पुरै फ्लाइटभरि उनी व्यक्तिगत सम्बन्धको बारेमा भनिरहेका थिए र कोपाईलट रसिद चुपचाप सुनिरहेको बुझिन्छ । जहाजको ककपिटमा टेकअफ गर्दा र ल्याण्डिङको प्रिपरेशनको क्रममा आपसी व्यक्तिगत वार्तालापमा प्रतिवन्ध लगाइएको हुन्छ ।
यो रिपोर्ट बेसलेस रहेको तथा अन्तिम रिपोर्ट आउन अझै ४/५ महिना बाँकी छदै कसरी बाहिर यो रिपोर्ट सार्वजनिक भयो भन्ने बिषयमा नेपाल सरकारसँँग प्रोटेस्ट गर्ने जनाएका छन् ।
क्याप्टेन सुल्तानले सन् २०१५ मा युएस बाङ्लामा उडान सुरु गरेका थिए । रिपोर्टहरुका अनुसार उनि कुनै समयमा डिप्रेशनको पनि शिकार भएका थिए । उनलाई साईकियाट्रिक परिक्षण पछि १९९३ मा बङ्लादेशी एयरफोर्सले सक्रिय डिउटीबाट हटाएको थियो । तर जनवरी २००२ मा फेरि साईकियाट्रिक परिक्षणले उपयुक्त भएको रिपोर्ट दिएपछि पुनः उडानमा फर्केका थिए ।

सो गोप्य रिपोर्टमा यो दुर्घटनाको पछाडि कही कुनै एयर ट्राफिक कन्ट्रोलको गल्ती नरहेको तर पाईलटले नै ट्राफिक नियम पालना नगरेको स्पष्ट देखाएको मिडियाले उल्लेख गरेको छ ।
बङ्गालि एक्पर्टले भने रिपोर्ट बेसलेस
द काठमाडौं पोष्टमा गोप्य रिपोर्ट प्रकाशित भएपछि बङ्गाली मिडिया ‘द डेली स्टार’मा एयरक्राफ्ट एक्सीडेन्ट इन्भेष्टिगेसन ग्रुप बंगलादेशका सदस्य क्याप्टेन सलहद एम राहातल्लाले भने अनुसार ‘यो रिपोर्ट बेसलेस रहेको तथा अन्तिम रिपोर्ट आउन अझै ४/५ महिना बाँकी छदै कसरी बाहिर यो रिपोर्ट सार्वजनिक भयो भन्ने बिषयमा नेपाल सरकारसँँग प्रोटेस्ट गर्ने जनाएका छन् ।’
उनका अनुशार आफु यो दुर्घटनाको आधिकारिक छानविन समितिमा सामेल रहेको तर काठमाडौं पोष्टमा प्रकाशित भएको जस्तो बिषय जानकारी नरहेको पनि बताएका छन् ।
त्यस्तै युएस बाङ्लाका जनरल मेनेजर काम्रन इस्लामले पनि बाहिर आएको रिपोर्ट मनगणन्ते र अवास्तविक भनेका छन् । उनले आधिकारिक छानविन आयोगको रिपोर्ट आएपछि मात्र यस घटनाको वास्तविकता बाहिर आउने जनाए ।
स्रोतः द काठमाडौं पोष्ट र द डेली स्टार


