बजाजले बढायो १४ मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्ना विभिन्न १४ मोडलको मूल्य बढाएको छ । कम्पनीले जनवरीदेखि नै लागु हुनेगरी मूल्य बढाएको हो ।

कम्पनीले २०२३ को जनवरीदेखि लागू हुने गरि अधिकांस मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । नयाँ मूल्यसूचीका अनुसार १४ मध्ये ८ मोडलमा धेरै र ६ मोडलमा थोरै मूल्य बढाएको हो ।

कम्पनीले मूल्य बढाएका मध्ये ८ मोडलमा प्रति मोटरसाइकल २ हजार रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । गरेको हो भने ६ मोडलका मोटरसाइकलमा १ हजार रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

बजाजले आफ्नो प्लाटीना १०० इएस, डिस्कभर डिस्क, डिस्कभर एसटी, पल्सर एनएस २००, एनएस २०० एबीएसमा १ हजार रुपैयाँले मूल्य बढाएको छ । त्यसैगरी, पल्सर १२५ डिस्क, पल्सर १५०एसडी/टीडी, एनएस २०० एफआई/बीएस ६ र एभेन्जर १६०/२०० मोडलमा भने २ हजारका दरले मूल्य वृद्धि गरेको हो ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top