काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ भेन्यूको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले सुरुवाती मूल्य ३९ लाख ९६ हजार मूल्य तोकेर भेन्यूको बुकिङ खुल्ला गरेको हो ।
‘अहिले हामीले ३ भेरियन्टमा मात्रै भेन्यू फेसलिफ्ट मोडल नेपालमा उपलब्ध गराउने छौं । सुरुमा यसको १.२ लिटर नेचुरल्ली एस्पाीरेटेड इन्जिन भएको भेन्यू ई, भेन्यू एस र भेन्यू एस्एक्स भेरियन्ट उपलब्ध हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
लामो समयदेखि बन्द रहेको आयात खुल्ला भएसँगै फेसलिफ्ट भेन्यूको विक्री सुरु गर्न लागेको हो । कम्पनीले ई भेरियन्टको मूल्य ३९ लाख ९६ हजार, एस भेरियन्टको ४५ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५५ लाख ९६ हजार तोकेर बुकिङ लिन सुरु गरेको छ ।
फेसलिफ्ट भेन्यूमा पहिलेकोभन्दा अगाडि र पछाडिको भागमा ब्यापक परिमार्जन भएर आउने छ । नयाँ भेन्यूमा स्प्लीट हेडल्याम्प सेटअप दिइएको छ । यसमा नयाँ डिजाइनको एलइडी डिआरएल र टर्न इन्डिकेटर पनि नयाँ डिजाइनको दिएको छ ।

नयाँ भेन्यूको फ्रन्टभन्दा धेरै रियरमा परिवर्तन देख्न सकिन्छ । यसको टेललाइट अब सिंगल डिजाइनमा आएको छ । दुबैतर्फको टेल लाइटलाई एउटा एलइडी लाइटको स्ट्रीपले जोडेको छ । नयाँ प्रयोगले भेन्यूलाई अगाडिबाट मात्र नभई पछाडिबाट पनि आकर्षक देखिएको छ । लाइटका अलावा भेन्यूमा अगाडि र पछाडिको बम्पर, फ्रन्ट ग्रिल तथा अलोय ह्वीलसमेत रि–डिजाइन भएको छ ।
भेन्यूमा पहिलो पटक पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ भने, ड्राइभका लागि थप रोमान्चक बनाउन स्पोर्टस्, नर्मल र ईको ड्राइभिङ मोड दिएको छ ।

अब भेन्यूलाई ड्राइभ गर्नू अघि चालकले आफ्नो सिट इलेक्ट्रीक पावरवाट सजिलै एट्जस्ट गर्न सक्नेछन् । यो फिचरले नयाँ ड्राइभरलाई सिट एड्जस्ट गर्न सजिलो बनाउनेछ । यसको साथै क्यावीनको स्टाइलीङ समेत रिफ्रेस भएको देखिन्छ ।
फेसलिफ्ट भेन्यूमा पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमलाई निरन्तरता दिइएको छ । तर, यसमा साउन्ड अफ नेचर फिचर थप भएको छ । कम्पनीले अब यसमा ब्लुलिङ कनेक्टीभिटी सहित ६० किसिमको कनेक्टेड फिचर दिएको छ ।

अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको नयाँ भेन्यू हाइटेक फिचरले भरिएको छ । कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट, आइडल टाइम अलर्ट जस्ता फिचर थप भएर आएको छ ।


