भाेलिबाट अन्तर्राष्ट्रिय विमानस्थल २ घन्टामात्रै बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवारदेखि २२ घण्टा खुला हुने भएको छ ।  भोलि विहानबाट ५ वजेनै विमानस्थल खुल्ने छ ।

अब आन्तरिक विमानस्थल पनि ५ बजेदेखि सुचारु गर्न लागिएको छ । चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न सेवालाई ५ बजेदेखि सुचारु गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यसअघि बिहान ६ बजे विमानस्थल खुला हुन्थ्यो तर उडान साढे ६ बजेबाट सुरु हुन्थ्यो । अव विमानस्थल ५ बजे खुले पनि सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान भने साढे ५ बजेदेखि मात्रै सुरु हुने छ । 

उडान एक घण्टा अघिवाटै सुरु भएपछि जहाजले ग्राउन्ड र आकाशमा भोग्नुपर्ने अत्यधिक होल्डको समय घट्ने अपेक्षा गरीएको छ ।

दुई महिनाको समीक्षापछि ट्राफिक चाप, यात्रुको सुविधा, उडान सुरक्षा लगायतका विषयलाई टेवा पुग्ने गरी आन्तरिक उडानको अर्को स्लट जारी गरीने विमानस्थलले जनाएको छ ।


Back_to_top