टोयोटाको इन्ट्री लेभल ह्याचव्याक कार ‘भिट्ज’ सार्वजनिक

काठमाडौं । टोयोटाले नयाँ ह्याचब्याक कार भिट्ज सार्वजनिक गरेको छ । कम्पनीले जोहानेसबर्गमा आयोजित टोयोटाको ‘स्टेट अफ द मोटर इन्डस्ट्री’ कार्यक्रममा यो कार सार्वजनिक गरेको हो ।

यसमा १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ । जसले ५५०० आरपीएममा ६६ बीएच पावर प्रदान गर्छ । साथै, ३५०० आरपीएममा ८९ एनएम पीक टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानुअल गियरबक्स र फाइभ स्पीड एएमटी गियरबक्स दिइएको छ ।

टोयोटाले यो कार सुजुकीसँगको सहकार्यमा तयार गरेको हो । यसको डिजाइन सुजुकी सेलेरियो जस्तै छ । रि ब्याज भर्सन भिट्ज भारतमा भन्दा पहिला कम्पनीले साउथ अफ्रिकामा सार्वजनिक गरेको हो । यसअघि बलेनो, ब्रेजा र अर्टिगाको रि ब्याज मोडल साउथ अफ्रिकामा विक्री सुरु भइसकेको छ ।

रिब्याज भर्सनमा टोयोटा भिट्जको ब्याज राखिएको छ भने सुजुकीको लोगो भएको स्थानमा टोयोटाको लोगो छ । यी बाहेक अन्य केही परिवर्तन गरिएको छैन ।

टोयोटाको नयाँ ह्याचब्याक कार भिट्जमा सेन्ट्रल लकिङ, अल फोर पावर विन्डो, इलेक्ट्रिकल्ली एडजस्टेबल ओआरभीएम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हिल होल्ड असिस्ट, कि लेस इन्ट्री, माउन्टेड कन्ट्रोल सहितको स्टेरिङ ह्विल लगायत फिचर्स समावेश छन् ।

यसमा सात इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै रियर विन्डस्क्रिन वासर र वाइपर, रियर डीफगर, हाइट एडजस्ट गर्न सकिने ड्राइभर सिट, अगाडिको भागमा फग ल्याम्प लगायत पनि पाउन सकिन्छ ।


Back_to_top