काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी ईम्पेक्स प्रालिले ‘वाई ग्रेट, सेभ विग’ स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा गाडी किन्ने ग्राहकले ५ लाखसम्म अतिरिक्त फाइदा लिन सक्नेछन् ।
कम्पनीले माघ ११ गतेबाट संचालनमा ल्याएको यो स्कीम नेपालभर ४५ दिनसम्म चल्ने विज्ञप्तीमा उल्लेख गरेको छ । स्कीम संचालनको अवधिमा ग्रेटवाल मोटर्सले विक्री गर्ने सबै मोडलमा यो स्कीम दिने भिजी इम्पेक्सले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत गरेर कुल ५ लाख रुपैयाँ बराबरको फाइदा लिन सक्ने छन् ।
नेपालले ग्रेटवाल मोटर्सको हाभल एच् सिक्स र हाभल जोलायन एसयूभी विक्री हुँदै आएको छ भने पावर र विङ्गल ५ पीकअप विक्री भइरहेको छ ।

