कोमाकीको ‘सेल्फ ब्यालेन्सिङ’ इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । कोमाकी इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको युनिटी ट्रेडिङले तीनपांग्रे सेल्फ ब्यालेन्सिङ स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले तीनपांग्रे इलेक्ट्रीक स्कुटर एक्सजीटी एक्स ५ नेपालमा सार्वजनिक गरेको हो ।

युनिटी ट्रेडिङले नेपाल भित्र्याएको एक्स ५ तीनपांग्रे स्कुटर फरक क्षमता भएका व्यक्तिहरूलाई उपयोगी हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार कोमाकी एक्सजीटी एक्स ५ सेल्फ ब्यालेन्स हुने तथा तीनपांग्रा भएका कारण फरक क्षमता भएका व्यक्तिका साथै उमेर धेरै भएका व्यक्तिहरूलाई समेत उपयेगी हुनेछ ।

यो स्कुटर रोक्नु पर्दा खुट्टा टेक्नु पर्ने झन्झट नहुने र स्कुटरको भार थेग्न नपर्ने भएका कारण फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरेर डिजाइन गरिएको विक्रेता कम्पनीले जनाएको छ ।
कोमाकी एक्स ५ मा रहेको लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

युनिटी ट्रेडिङले कोमाकी एक्सजीटी जी ५ को मूल्य २ लाख ५९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरू गरेको हो ।


Back_to_top