काठमाडौं । सार्वजनिक सवारीसाधनलाई विद्युतीय चलाउने बहस चलिरहेको समयमा एकपछि अर्को विद्युतीय माइक्रोबस नेपाल आइरहेको छ । यही क्रममा एमएडब्लू वृद्धिले फोटोनको इलेक्ट्रीक माइक्रोबस नेपाल ल्याएको हो ।
कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका फोटोनको माइक्रोबस निकै किफायती संचालन खर्च लाग्ने यूरोपियन स्टायडर्डको विद्युतीय सवारीसाधन हो । एमएडब्लू वृद्धिका अनुसार यसमा ५०.२३ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको छ । ८५ किलोवाट पीक पावर र २९० एनएम टर्क रहेको इलेक्ट्री भ्यानहरु स्कुल, होटल, सार्वजनिक यातायातको रुपमा रुटमा चलाउन मिल्ने किसिमका छन् ।
नेपाल सरकारले विद्युतीय साधनको प्रयोग बढाउँदै सन् २०३० सम्ममा विद्युतीय साधनको मात्रै विक्री वितरण गर्ने योजना बनाइरहेको र त्यसलाई पुरा गर्न एमएडब्लू वृद्धि पनि प्रतिबद्ध रहेको विषय विज्ञप्तीमा उल्लेख गरेको छ ।

