नयाँ भर्सन केटीएम ३९० एड्भेन्चर आउँदै

काठमाडौं । केटीएम ३९० एड्भेन्चरको अपडेटेड भर्सन आउने भएको छ । अस्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटीएमले ३९० एड्भेन्चरलाई अपडेट गरेर २०२३ मोडल ल्याउने भएको हो ।

२०१९ मा सार्वजनिक भएको केटीएम ३९० एड्भेन्चर यो सेग्मेन्टमा नै उत्कृष्ट मोटरसाइकलको रुपमा परिचित मोटरसाइकल भएको छ ।

कम्पनीले २०२३ मोडल केटीएम ३९० एड्भेन्चरमा स्पोक ह्वील दिएको छ । यसको मोटरसाइकललाई अझै अफरोड राइडिङ क्षमतामा उच्च वृद्धि गरेको छ । कम्पनीले यसअघिको मोडलहरुमा दिएको अलोय ह्वीललाई हटाएर स्पोक ह्वीलमा ल्याउने भएको हो । यसले मोटरसाइकलको तौल कम गर्नुका साथै अफरोड राइडमा सहजता प्रदान गर्छ ।

केटीएम ३९० एड्भेन्चरमा स्पोक ह्वीलमा आएसँगै यसको टायर ट्यूबलेस नहुने भएको छ ।

२०२३ केटीएम ३९० एड्भेन्चरमा कम्पनीले नयाँ कलर स्कीम समेत दिएको छ । कम्पनीले यो मोटरसाइकललाई ब्ल्याक आउट फिनिसमा ल्याउने भएको हो ।

यसका अलावा मोटरसाइकलमा अन्य परिर्वतन गरिएको छैन । अन्य परिवर्तनका बारेमा कम्पनीले कुनै पनि जानकारी बाहिर ल्याएको छैन भने यसको फ्रन्ट सस्पेन्सन एडजष्टएबल हुने अनुमान गरिएको छ ।

यो मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआई इन्जिन रहेको छ ।

यसमा रहेको राइड बाई वायर जस्ता इलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएको डब्ल्यूपीको लङ्ग ट्राभल सस्पेन्शन रहेको छ । त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ ।

यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न–बाइ–टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल–कलर टीएफटी डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top