अनौठो मोटरसाइकल चोर !

काठमाडौं । भारतको पुर्णेमा अचम्मको मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेको छ । पुर्णेमा ३४ वर्षिय मोटरसाइकल चोर पुरुषलाई प्रहरीले पक्राउ गरेसँगै घटना बाहिर आएको हो ।

यसमा रोचक के छ भने उनले चोरी गरेको सबै मोटरसाइकल हिरो ब्राण्डका हुन् । यसमा पनि अझै रोचक के छ भने उनले चोरी गरेको सबैजसो मोटरसाइकल हिरो स्प्लेन्डर हुन् ।

हालसम्म उनले १७ वटा हिरोका मोटरसाइकल चोरी गरेको पाइएको छ । त्यसमध्ये एउटा मोटरसाइकल हिरो एचएफ डिलक्स छ । बाँकी अन्य १६ वटा मोटरसाइकल हिरो स्प्लेन्डर प्लस हुन् ।

उनले यी सबै चोरी पछिल्लो ६ महिना चोरी गरेको बताइएको छ । उनलाई प्रहरीले सोधपुछ गर्दा आफ्नो पिउने बानीका कारण चोरी गर्ने गरेको बताएका छन् ।

हिरो मोटरसाइकल मात्रै किन चोरी गरेको भन्ने विषयमा उनले केही पनि प्रतिक्रिया दिएनन् ।

हिरोका मोटरसाइकल सुरक्षाका हिसाबले त्यती कमजोर मानिदैन । भारतमा सर्वाधिक धेरै विक्री हुने मोटरसाइकल भएका कारण पनि हिरो स्प्लेन्डर मोटरसाइकल चोरको नजरमा पर्ने गरेको हुन सक्ने अनुमान गरिएको छ ।
यस्तो छ हिरो स्प्लेन्डर

हिरो स्प्लेन्डर प्लसमा ९७.२ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेकोे छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ८.३५ पीएस पावर र ५५०० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ११ लिटर क्षमताको इन्धन ट्याङ्की छ भने माइलेज प्रतिलिटर ७० किलोमिटर हारहारी छ ।


Back_to_top