काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एमएडब्ल्यू इन्टरप्राइजेजले भ्यालेन्टाइन स्कीम सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न मोडलका स्कुटर तथा मोटरसाइकलमा लागू हुने गरी उक्त स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको यो स्कीममा यामाहाका ग्राहकले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा १ लाखसम्म नगद क्यासब्याक तथा हरेक हप्ता लक्की ड्रमार्फत सुनको की (मोटरसाइकलको साँचो) जित्न सक्नेछन् ।
यही योजना अन्तर्गत कम्पनीले फाइनान्समा पनि दुई स्कीम दिएको छ । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट तथा ९.९९ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
यो स्कीममा यामाहा एफजेड एफआई भी २, एफजेड एफआइ भी ३, एसजेड आरआर, सलुटो, रेजेडआर १२५ एफआई, फसिनो र रेजेडआर ११३ खरिद गर्न सकिने छ ।
यही स्कीममा यामाहाको एफजेड भी २ खरिद गर्दा ग्राहकले २० प्रतिशत हुन आउने मूल्य ७१ हजार ९८० रुपैयाँ डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन । बाँकी रकम ग्राहकले १८ महिनाको मासिक किस्ता वा २४ महिनाको मासिक किस्तामा बुझाउन सक्नेछन् ।
त्यस्तै, यही स्कीमको ९.९९ प्रतिशत ब्याज योजनामा मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यसमा ग्राहकले १८ महिना, २४ महिना र ३० महिनाको अवधिमा बाँकी रकम चुक्ता गर्नुपर्ने हुन्छ । १८ महिनामा बाँकी रकम बुझाउने ग्राहकले ९.९९ प्रतिशत ब्याज बुझाउनु पर्छ ।
यामाहा एफजेडएस भी २ को मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

