कम्प्याक्ट एसयूभी सेग्मेन्टमा टाटा नेक्सन सबैभन्दा अगाडि

काठमाडौं । पछिल्ला केही वर्ष यता पर्सनल कार सेग्मेन्टमा सबफोर मिटर एसयूभीको माग बढ्न थालेको छ । ६/७ वर्ष अघिसम्म पनि पर्सनल भेहिकल भन्नाले सेडान कारलाई चिनिन्थ्यो । त्यसयता छरिता कारको रूपमा ह्याचब्याक कार धेरैको रोजाइमा पर्न सफल भएको थियो ।

तर, पछिल्ला ४/५ वर्ष यता पर्सनल भेहिकल सेग्मेन्ट पूरै एसयूभीमा सिफ्ट भएको छ । कम्प्याक्ट एसयूभी ठूला साइज तथा उच्च ग्राउण्ड क्लियरेन्स भएको हुन्छन् । जसले गर्दा धेरै व्यक्ति एउटै गाडीमा यात्रा गर्न र खराब बाटाहरूमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले पनि एसयूभीको माग उल्लेखनीय रूपमा बढेको हो ।

साना एसयूभीको माग बढेसँगै ह्याचब्याक कारहरूमा भन्दा सबफोर मिटर एसयूभीमा उच्च माग बढेकाे छ । त्यसैले हुन्डाई, निसान, सिट्रोन लगायत अटोमोबाइल कम्पनीले भारत तथा नेपाली बजारका लागि इन्ट्री लेबल ह्याचब्याक कार नै बनाउन छाडेका छन् । पर्सलन भेहिकल सेग्मेन्टमा धेरै हिस्सा ओगट्न सफल सबफोर मिटर एसयूभी सबै प्रमुख अटोमोबाइल कम्पनीहरूले बनाइरहेका छन् ।

भारतीय अटोमोबाइल कम्पनीहरू टाटा, महिन्द्रा, हुन्डाई, मारुती सुजुकी, किया, निसान, रेनो जस्ता सबै अटोमोबाइल कम्पनीले यो सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् । यो सेग्मेन्टमा टाटाको नेक्सन, मारुती सुजुकी ब्रेजा, महिन्द्रा एक्सयूभी ३००, हुन्डाई भेन्यू, किया सोनेट, निसान म्याग्नाइट तथा रेनोको काइगर जस्ता मोडलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

सन् २०२२ मा सवफाेर मिटर कम्प्याक्ट एसयूभी सेग्मेन्टमा टाटाको नेक्सन सबैभन्दा बढी बिक्री भएको मोडल बन्न सफल भएको छ ।

गत वर्ष टाटाले १ लाख ६८ हजार २७८ यूनिट नेक्सन बेच्न सफल भएको हो । यो अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशतले बढेको हो । टाटाको नेक्सन २०२२ मा प्रत्येक महिना औसतमा १४ हजार यूनिट बिक्री भएको हो । भारतीय उत्पादनमध्ये  ग्लोबल एनक्याबको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाउने पहिलो कम्प्याक्ट एसयूभी टाटा नेक्सन पेट्रोल/डिजल/ व्याट्री इलेक्ट्रीक फिउल तथा म्यानुअल र अटोमेटिक ड्राइभट्रेनसहित सबै अप्सनमा उपलब्ध रहेको छ । नेक्सन धेरै विक्ने एसयूभी हुनुमा इभीकाे समेत प्रमुख याेगदान रहेकाे छ ।

सन् २०२२ मा दोस्रो धेरै बिक्ने कम्प्याक्ट एसयूभीमा भारतीय पूरानो कम्पनी मारुती सुजुकीको उत्पादन ब्रेजा बन्न सफल भएको छ । गत वर्ष मारुती सुजुकी ब्रेजा १ लाख ३० हजार ५६३ यूनिट बिक्री भएको हो । सुरूआतमा डिजल इन्जीनमा मात्र उपलब्ध रहेको ब्रेजा पछिल्लो जेनेरेशनबाट पेट्रोल इन्जिनमा मात्र उत्पादन भएको छ ।

तेस्रो र चौँथों नम्बरमा कोरियन ब्राण्ड हुन्डाइ र किया पर्न सफल भएको छ । गत वर्ष हुन्डाईको भेन्यू १ लाख २० हजार ७०३ यूनिट तथा किया सोनेट ८६ हजार २५१ यूनिट विक्री भएको हो । हुुन्डाई र कियाले आफ्नो दुवै ब्राण्डको कम्प्याक्ट एसयूभीमा एउटै इन्जिनको प्रयोग गर्दछन् । हुन्डाई र कियाले यो सेग्मेन्टमा पेट्रोल डिजल इन्धन तथा म्यानुअल र अटोमेटिक दुवै प्रविधिका गाडी बेच्दछन् ।

यस्तै, सेग्मेन्टमा पाँचौ धेरै संख्यामा भारतीय ब्राण्ड महिन्द्राको एक्सयूभी ३०० बन्न सफल भएको छ । महिन्द्राले सन् २०२२ मा ६० हजार २६० वटा एक्सयूभी ३०० बेचेको छ । महिन्द्राको एसक्सयूभी ३०० पनि पेट्रोल, डिजल तथा म्यानुअल र अटोमेटिक दुवै ड्राइभ ट्रेनमा उपलब्ध रहेको छ ।


Back_to_top