१०० किलोवाट क्षमताको बीवाइडी एटो-३ काे मूल्य ६५ लाख

काठमाडौं । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले १०० किलोवाट क्षमताको मोटरमा एटो–३ नेपाल ल्याउने भएको छ । कम्पनीले मोटर पावर कम गरेर ल्याउने तयारी गरेको एटो–३को मूल्य सार्वजनिक गरेको हो।

कम्पनीले यसको मूल्य ६४ लाख ९० हजार रुपैयाँमा नेपाली बजारमा बिक्री वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले मूल्य सार्वजनिक गरेसँगै गाडीको बुकिङ समेत खुल्ला गरेको छ ।

नयाँ भर्सनको एटो थ्रीमा कम्पनीले पीक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिएको छ । यसले ३१० एनएम टर्क प्रदान गर्छ ।

साइमेक्स इंकले नेपाल ल्याउने १०० किलोवाट मोटर जडान भएको एटो–३ मा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसको रेन्ज पनि पहिलेको भन्दा बढ्ने अनुमान गर्न सकिन्छ ।

अन्य सबै फिचर १०० किलोवाट र १५० किलोवाटको गाडीमा समान रहेको छ । सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ ।

यसमा ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर्स समावेश रहेका छन् ।

यसमा फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियर निकै आकर्षक रहेको छ । यसमा मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।


Back_to_top