काठमाडौं । सेगवे-नाइनबोटको नयाँ स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले एन सिरिजको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
सेगवे-नाइनबोटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई-हब प्रालिले एन १०० इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
एन १०० स्कुटर १७२८ वाटको मोटर पावर र ७२भोल्ट २४ एम्पीयर आवरको ब्याट्री उपलब्ध रहेको छ । कम्पनीका अनुसार यो स्कुटर एक पटकको फुलचार्जमा १०५ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।
यो स्कुटरमा स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ भने मोबाइल एप्लिकेसन मार्फत स्कुटर लक/अनलक गर्ने फिचर उपलब्ध छ ।
कम्पनीले यो स्कुटरको सुरुवाती मूल्य २ लाख ६० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गर्ने भएको हो ।

