१५ दिनपछि विक्री सुरु हुँदै ‘आई १० नियोस फेसलिफ्ट’, यस्तो हुनेछ मूल्य

काठमाडौं । नेपालमा सर्वाधिक सफल मध्येको एक कार हुन्डाई आई १० को नयाँ संस्करण नियोसको फेसलिफ्ट मोडल नेपाल आउने भएको छ । भारतमा अघिल्लो महिना सार्वजनिक भएको नियोस फेसलिफ्ट नेपाल आउने भएको हो ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० नियोसको फेसलिफ्ट मोडल विभिन्न ४ भेरियन्टमा उपलब्ध गराउने छ । कम्पनीले नयाँ फेसलिफ्ट नियोसको विक्री अबको १५ दिन भित्र सुरु हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार ग्राण्ड आई १० नियोस फेसलिफ्ट ईरा, म्याग्ना, म्याग्ना एएमटी र स्पोर्टज भेरियन्टमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य २९ लाख ९६ हजारदेखि टप भेरियन्टको मूल्य ३७ लाख ५६ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

फेसलिफ्ट ग्राण्ड आई १० नियोसमा फिचर्स थप भएको छ । यसको एक्सटेरियरमा समेत सुधार गरिएको छ । अपडेटेड भर्सनमा आएको कम्प्याक्ट ह्याचब्याकको बाहिरी भागमा ठूलो फ्रन्ट ग्रिल दिइएको छ ।

यसमा रहेको एलइडी डेटाइम रनिङ लाइट नयाँ प्रयोग गरिएको छ । अगाडिको बम्पर र नयाँ डिजाइनमा तयार पारिएको १५ इन्चको डायमण्ड–कट एलोय ह्वील पाउन सकिन्छ ।

यसको पछाडिको भाग पनि परिवर्तन गरिएको छ । यसलाई फेसलिफ्ट भेन्युबाट प्रेरित रहेर तयार गरिएको हो । सुरक्षाको लागि चार वटा एयरब्यागसँगै टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, क्रुज कन्ट्रोल, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टाइप–सी चार्जिङ पोर्ट लगायतका फिचर्स समावेश गरिएको छ ।

हुन्डाईले यसमा आफ्नो चर्चित कप्पा इन्जिनको प्रयोग गरेको छ । नेचुरल्ली एस्पीरेटेड १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्ज्ड इन्जिन अप्सन दिइएको छ । यसमा म्यानुअल र अटोमेटीक गियरबक्स अप्सन दिइएको छ ।


Back_to_top