ओलाले देखायो नयाँ ५ इलेक्ट्रीक स्कुटर

काठमाडौं । दुईपाङ्ग्रे इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले ५ वटा नयाँ स्कुटरको अनावरण गरेको छ । कम्पनीले बिहिबार भारतमा एक कार्यक्रम गरी डिजाइनकै क्रममा रहेको स्कुटर देखाएको हो ।

यी स्कुटरको डेलिभरी आगामी जुलाईबाट सुरु हुने कम्पनीले जनाएको छ । ओलाका स्कुटर फ्युचरिस्टिक डिजाइनमा तयार गरिएको छ । यसमा नकल गार्ड पनि दिइएको छ । साथमा इलुमिनेटेड रियर ह्विल पनि समावेश छ । यसले आगामी ओलामा हब मोटर जडान गरिएको हुने अनुमान गर्न सकिन्छ ।

ओलाको एसवान मोडल रेन्जको हिसाबले निकै सफलता पाएको मोडल हो । कम्पनीले गएको वर्षमात्रै ओलाको एसवान एयर सार्वजनिक गरेको थियो भने एसवान र एसवान प्रोको सस्तो संस्करण देखाएको थियो ।

यसमा कम्पनीले २.५ किलोवाट आवर, ३ किलोवाट आवर र ४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको थियो । यसको मूल्य क्रमशः ८४ हजार ९९९ रुपैयाँ, ९९ हजार ९९९ रुपैयाँ र १ लाख ९ हजार ९९९ रुपैयाँमा निर्धारण गरेको थियो। यसमा रहेको २.५ किलोवाट आवर क्षमताको इलेक्ट्रीक स्कुटर बुकिङ गर्ने ग्राहकले आफ्नो इलेक्ट्रीक स्कुटर ३ किलोवाट आवरमा निःशुल्क अपग्रेड गर्न सक्नेछन् ।

ओला एसवान एयर लाइनअपको स्ट्यान्डर्ड मोडलमा ४.५ किलोवाटको मोटर दिइएको छ । यसलाई ८५ किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुडाउन सकिन्छ । यसको रेन्ज भने ब्याट्री अप्सन अनुसार फरक हुने बताइएको छ।

यसमा २ किलोवाट आवरको ब्याट्रीले ८५ किलोमिटर रेन्ज प्रदान गर्छ भने, ३ किलोवाट आवरले १२५ किलोमिटर रेन्ज दिन्छ । साथै, यसको ४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले १६५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

एसवान प्रोमा ४ किलोवाट आवरको ब्याट्रीको साथमा ८.५ किलोवाट आवर क्षमताको मोटर जडान भएको छ । यसलाई अधिकतम ११६ किलोमिटर प्रति घण्टाको टप स्पीडमा १८१ किलोमिटर गुडाउन सकिन्छ ।

ओलाले हाल आफ्नो एसवान इलेक्ट्रीकमा २ किलोवाट आवरको ब्याट्री विकल्प प्रदान गरेको छ । यो स्कुटरको रेन्ज थप गर्न सकिन्छ । यसमा ८.५ किलोवाट क्षमताकको मोटर जडान भएको छ ।

यसलाई ९० किलोमिटर प्रति घण्टाको टप स्पीडमा गुडाउन सकिन्छ भने रेन्ज ९१ किलोमिटर रहेको छ । भारतीय बजारका लागि यो इलेक्ट्रीक स्कुटरको मूल्य कम्पनीले ९९ हजार ९९९ चारतीय रुपैयाँ निर्धारण गरेको छ ।

त्यसैगरी, ओला एसवान इलेक्ट्रीकमा ३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसलाई ९५ किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुडाउन सकिन्छ । यो स्कुटरको रेन्ज १४१ किलोमिटर रहेको छ ।


Back_to_top