४० हजार नगद छुटमा मोटरसाइकल ‘डर्ट’ किन्ने अवसर

काठमाडौं । मोटरहेड मोटरसाइकलले स्टक क्ल्यिरेन्स अफर ल्याएको छ । कम्पनीले ल्याएको अफरमा मोटरहेडका मोटरसाइकल खरिद गर्ने ग्राहकले ४० हजार रुपैयाँसम्म नगद छुट पाउने भएका हुन् ।

मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेडले स्टक क्लियरेन्स अफर ल्याएको हो । यो अफर अनुसार ग्राहकले मोटरहेडका चार मोडल स्क्र्याम्बलर २५०, टेक्कन आर २५०, टेक्कन २५० र एक्स–टर्क २५० बाइकमा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म छुट पाउने छन ।

नेपालभर रहेका मोटरहेडका शोरुममार्फत यो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सकिने छ ।

कम्पनीले नेपाली बजारमा विक्री गर्दै आएको मोटरहेड स्क्रयाम्बलर २५०को मूल् ४ लाख ९५ हजार, टेकन २५० आरको ४ लाख ७५ हजार, टेकन २५० को ३ लाख ९५ हजार र एक्सटर्क २५०को मूल्य ३ लाख ९० हजार रुपैयाँ छ ।

काठमाडौं उपत्यकामा टेकु, धोवीघाट र सल्लाघारी भक्तपुर तथा उपत्यकाबाहिर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, पोखरा, बाग्लुङ र जुम्लामा रहेको डिलरबाट यो अफरमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।


Back_to_top