काठमाडौं । इलेक्ट्रीक स्कुटर चलाउनेहरूको चिन्ताको विषय भनेको यसको रेन्ज हुने गर्छ । इलेक्ट्रीक स्कुटरको माइलेज धेरै नहुने र बारम्बार चार्ज गर्नुपर्ने झन्झट यसका प्रयोगकर्तालाई हुन्छ ।
यस्तोमा चालकलाई कसरी स्कुटरको रेन्ज बढाउने र चार्जको झन्झटबाट मुक्ति पाइन्छ भन्ने चासो हुनु स्वभाविक नै मानिन्छ । हामीले इलेक्ट्रीक स्कुटर चलाउँदा सामान्य कुरामा ध्यान दिँदा मात्र पनि स्कुटरको रेन्ज केही हदसम्म बढाउन सकिन्छ ।
हामीले इलेक्ट्रीक स्कुटर चलाउँदा गर्ने केही गल्तीहरू जसलाई सुधार गरेर धेरै रेन्ज पाउन सकिन्छ त्यसको बारेमा चर्चा गरेका छौं ।
१.टायर प्रेसर
आफ्नो इलेक्ट्रीक स्कुटर लिएर निस्कनुभन्दा पहिला टायर प्रेसर हेर्ने बानी बसाल्नु पर्छ । टायरमा चाहिनेभन्दा थोरै वा धेरै हावाको प्रेसर हुँदा पनि यसको रेन्जमा असर गर्छ । त्यसैले सधैं स्कुटरको टायरमा हावाको प्रेसर लेभलमा राख्न जरुरी हुन्छ ।
२.एसोसरिजको प्रयोग नगर्ने
अहिले बजारमा स्मार्ट इलेक्ट्रीक स्कुटरहरू धेरै पाइन्छ । यस्ता स्कुटरहरूमा चाहिनेभन्दा धेरै फिचर हुन्छन् । यस्तोमा स्कुटरमा भएको अनावश्यक फिचरको प्रयोग नगर्दा स्कुटरको रेन्ज बढ्न जान्छ । स्कुटरमा स्पीकर, ब्लुटूथ कनेक्टिभिटी, मोबाइल चार्जर जस्ता फिचरको प्रयोग सकेसम्म नगर्ने ।
३. स्पीड
इलेक्ट्रीक स्कुटरको रेन्ज दिने सबैभन्दा मूख्य कुरा यसको स्पीड हो । तपाईंले कुनै समय ज्यादा स्पीड र कुनै समय धेरै विस्तारै स्कुटर चलाउँदा यसको रेन्ज धेरै फरक पर्न सक्छ । यदि चालकले एकैनासको स्पीडमा स्कुटर चलाउँदा भने यसको रेन्ज धेरै बढ्छ ।
४. मोड
धेरैजसो स्कुटरमा राइड मोड हुने गर्दछ । हामीले सधैं स्कुटरलाई इको मोडममा चलाउने गर्नुपर्छ । यो मोडमा स्कुटरको स्पीड धेरै नहुने, ब्याट्री घट्ने रेसियो समेत कम हुन्छ र धेरै रेन्ज दिन्छ ।
५. ट्राफिक सिग्नल
हामीले जाम वा ट्राफिक सिग्नलमा स्कुटर रोक्नु पर्ने अवस्थमा स्कुटरलाई बन्द गरेर राख्नु पर्छ । यसले गर्दा अनावश्यक रूपमा अन छोड्दा पनि स्कुटरको रेन्ज घट्न जान्छ ।


