जनवरीमा पेट्रोलभन्दा ईभी आयात झण्डै तीन गुणा धेरै, कसको आयात कति ?

काठमाडौं । डिसेम्बर १५ सम्म गाडी आयातमा सरकारले प्रतिबन्ध लगाएको भएपनि त्यसपछि खुल्दा पनी गाडी आयात बढ्न सकेन । सन् २०२३ को पहिलो महिना जनवरीमा कुल ६०८ यूनिट निजी प्रयोगमा आउने जीप, कार, भ्यानको आयात भएको छ ।

कुल आयात भएको ६०८ यूनिट मध्ये विद्युतीय सवारीको संख्या मात्रै ४४७ युनिट रहेको छ । जबकी पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात केवल १६१ यूनिट मात्रै भएको देखिन्छ ।

नेपालमा विद्युतीय सवारी आयात गर्ने र विक्री गर्दै आएका टाटा, हुन्डाई, नेटा, बीवाइडी लगायतका ७ ब्राण्डले जनवरीमा ईभी आयात गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार यी सात ब्राण्डले ४४७ यूनिट ईभी आयात गरेका हुन् ।

जनवरीमा पनि सबैभन्दा धेरै ईभी ल्याउनेमा टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ रहेको छ । सिप्रदीले नेक्सन ईभी र टिगोर ईभी गरेर ३३९ यूनिट आयात गरेको छ । जबकी कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने कार एक यूनिट पनि ल्याएको छै ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २७ युनिट कोना इलेक्ट्रीक नेपाल ल्याएको छ । कम्पनीले ल्याएको कुल ११४ यूनिट कार मध्ये २७ यूनिट ईभी र अन्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात गरेको हो ।

ईभीमा निकै राम्रो गरिरहेको नेटा भीको आयात निकै राम्रो देखिएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोर्सले ५७ युनिट नेटा भी र २ युनिट हाउजी ईभी नेपाल ल्याएको भन्सार तथ्यांकमा उल्लेख छ ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो पछिल्लो एसयूभी एटो ३ को आयात जनवरीमा ९ युनिट गरेको छ । जिमिनी इन्कर्पोरेटेड प्रालिले रेसेन्स मिनी सिटी कार १० युनिट नेपाल ल्याएको देखिन्छ ।


Back_to_top