काठमाडौं । हुन्डाईले प्रिमियम कमर्सियल सेग्मेन्टमा नयाँ एमपीभी लन्च गर्ने भएको छ । कम्पनीले आगामी वर्ष ७ सिट क्षमता भएको हुन्डाई स्टारगेजर नामक एमपीभी ल्याउने भएको हो ।
सार्वजनिक भएको एक रिपोर्ट अनुसार स्टारगेजर कियाको कारेन्स निर्माण भएको प्लेटफर्ममा नै आधारीत हुनेछ । यसको डाइमेन्सन भने ४४६० एमएम लम्बाइ, १७८० चौडाइ र १६९५ एमएम उचाइ रहेको छ । यसमा ह्वीलबेस २७८० एमएम पाउन सकिन्छ ।
स्टारगेजर ६ र ७ सिट अप्सनमा उपलब्ध रहे पनि भारतमा कुन अप्सनमा सार्वजनिक हुने भन्ने बारे हालसम्म कुनै एकीन रिपोर्ट आएको छैन। तर, यसको इन्टेरियर निकै आकर्षक रहेको छ । यसमा डायल र ट्याकटायल बटनसहितको ८ इन्चको डिस्प्ले, सेन्टर एसी भेन्ट्स र एचभीएसी कन्ट्रोल दिइएको छ ।
यो नयाँ एमपीभीमा हुन्डाईको ब्लू लिंक ब्लुटुथ कनेक्टेड कार टेक पाउन सकिन्छ । यसबाट सवारीको हालको अवस्था, इन्जिन टर्न अफ/अन, एडजस्ट क्याबिन टेम्परेचर, लकरअनलक डोर, लाइट टर्न अफरअन र सवारी पार्क गरिएको लोकेसन मोबाइलबाटै हेर्न सकिन्छ ।

नयाँ एमपीभीमा सुरक्षाका लागि विशेष प्रविधिहरू जडान भएको पाउन सकिन्छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम ‘एडास’ पनि हुनेछ । जसले फर्वार्ड कोलाजिन एभोईडेन्स असिस्ट, लेन–किपिङ असिस्ट, ब्लाइन्ड–स्पट असिस्ट र रियर क्रस–ट्राफिक असिस्ट लगायतका सुविधा प्रदान गर्नेछ । अन्य सुरक्षाका फिचर्स जस्तै इन्जिन इमोबीलाइजेसन, अटो कोलाजिन नोटिफिकेसन, एसओएसरइमर्जेन्सी असिस्टेन्स, रोड साइड असिस्टेन्स लगायत पनि समावेश गरिएको छ ।
भारतमा सार्वजनिक हुने स्टारगेजरमा पेट्रोल र डिजेल इन्जिन विकल्प हुने सम्भावना छ । यो एमपीभीले भारतीय बजारमा सार्वजनिक पछि कियाको करेन्स, मारुती सुजुकी अर्टिगा, एक्स एल ६ र महिन्द्रा मराजोसँग कडा प्रतिस्पर्धा गर्नेछ ।


