महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

कम्पनीले यही फाल्गुन १४ गतेदेखि फाल्गुन १९ गतेसम्म यो कार्यक्रम आयोजना गर्ने भएको हो । यस ४५ पोईन्ट चेकअप क्याम्पमा ग्राहकले फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट र अन्य एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिनसक्ने कम्पनीले जनाएको छ। यो सेवा देशभर रहेका महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा पाउन सकिन्छ।

महिन्द्राले हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा रहेको बताएको छ ।

साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ। साथै महिन्द्राका सर्टिफाइड पुराना गाडी खरिद गर्नु परे आकर्षक अफर पनि दिने व्यवस्था गरेको छ । यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध छ ।

 


Back_to_top