काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा २ हजार ९ यूनिट विद्युतीय कार (ईभी) नेपाल भित्रिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघसम्ममा ५ अर्ब ८२ करोड ८६ लाख १३ हजार रुपैयाँ बराबरको ती विद्युतीय कार आयात भएको हो।
यसबाट नेपाल सरकारले १ अर्ब ६९ करोड राजश्व संकलन गरेको छ। देशमा भित्रिएका गाडीमध्ये अधिकांश कार १०० किलोवाट मोटर क्षमताका छन्।
विभागको तथ्यांक अनुसार यस अवधिमा १०० किलोवाट क्षमताको मोटर भएको १ हजार ९५९ यूनिट, १०० देखिदेखि २०० किलोवाटसम्म ४४ यूनिट र २०० किलोवाटभन्दा माथिका ६ यूनिट विद्युतीय कार रहेका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाटभन्दा कम क्षमताका विद्युतीय गाडी आयातमा १० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेसँगै यस्ता गाडीको आयात बढेको हो ।

हाल नेपालमा विद्युतीय कार भारत, चीन, दक्षिण कोरिया, इन्डोनेसिया, अमेरिकाबाट आयात हुँदै आएका छन् । भारतबाट सबैभन्दा धेरै १ हजार ४३५ यूनिट, चीनबाट २९४ यूनिट, कोरियाबाट २२७ यूनिट, अमेरिकाबाट ४ यूनिट र इन्डोनेसियाबाट ३ विद्युतीय कार आयात भएका छन् ।
हाल नेपालमा टाटा, हुन्डाई, नेटा, रेसेन्स, एमजी, बीवाइडी, टेस्ला लगायत ब्राण्डका ईभी कार नेपाली बजारमा उपलब्ध रहेका छन् ।


