बाइक चालकलाई एयरब्याग भएको ‘पाइन्ट र भेष्ट’, यस्तो छ मूल्य

काठमाडौं । स्वीडेनको ‘मो-साइकल’ नाम गरेको कम्पनीले मोटरसाइकल राइडरहरुलाई लक्षित गरेर एयरब्याग भएको जिन्स पाइन्ट र भेस्ट उत्पादन गरेको छ ।

लगाउँदा सामान्य जिन्स पाइन्ट र भेस्ट जस्तै देखिने भएपनि दुई पाङ्ग्रे साधन चलाउने क्रममा दुर्घटना भयो भने पाइन्ट र भेष्टमा दिइएको एयरव्यागले मानिसलाई सुरक्षित राख्ने काम गर्छ ।

कम्पनीले यसलाई बनाउन विशेष प्रकारको फेब्रिक प्रयोग गरेको हुनाले लगाउन समेत एकदमै आरामदायी र दुर्घटना परेको खण्डमा सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई छ ।

यी कपडामा एउटा खास प्रकारको ‘काट्रेज’ जडान गरिएको हुन्छ । जुन देख्नमा एकदमै सानो सिलिन्डर जस्तै देखिन्छ । बाइक चलाउने समयमा काट्रेजको एक स्ट्रेप र साधन बीच कनेक्ट गरिएको हुन्छ । कुनै कारणबस दुर्घटना भैहाल्यो भने प्यान्ट र बाइकमा जोडिएको स्ट्रेप छुट्टिन्छ र एयरब्याग खुल्छ । त्यसले चालक रोडमा घर्सने वा पर पुगेर चोट पटक लाग्ने हुन्दैन ।

एक पटकको प्रयोगपछि पनियसलाई फेरी रिफिल गर्न सकिने छ । रिफिल गर्न कार्वनडाईअक्साइडको प्रयोग हुन्छ । कम्पनीका अनुसार यो प्रोडक्ट आगामी हप्तासम्ममा बजारमा आउने च ।

तत्काल अमेरिका, यूरोप र बेलायतमा उपलब्ध रहने छ । कम्पनीले यसको मूल्य पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पाइन्टको मूल्य ४४५ डलर रहेको छ भने भेस्टको ७९९ अमेरिकी डलर रहेको छ ।


Back_to_top