विश्वको पहिलो फ्लाइङ रेस कार सार्वजनिक, रेन्ज ३०० किलोमिटर

काठमाडौं । अस्ट्रेलियाको एडीलेडमा रहेको एलौडा एरोनोटिक्सले पहिलो फ्लाइङ रेस कार सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै पहिलो दाबी गरिएको एलौडा एरोनोटिक्सले एयर स्पिडर एमके ४ नामको फ्लाइङ रेस कारको अनावरण गरेको हो ।

फ्लाइङ रेस कार एयर स्पीडर एमके ४ एआइ गिम्बल्ड थ्रस्ट टेक्नोलोजीका साथ तयार गरिएको छ । यसलाई दक्षिण अस्ट्रेलियाको एडीलेडमा डिजाइन र निर्माण गरिएको हो । यसले हाइड्रोजन टर्बो जेनेरेटर मोटरबाट पावर लिन्छ र १३५८ हर्स पावर उत्पादन गर्छ ।

यो फ्लाइङ कार संसारको सबैभन्दा छिटो इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ मोडल रहेको कम्पनीको दाबी छ । यसले मात्र ३० सेकेन्डमा ३६० किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ। त्यसैगरी, यसको रेन्ज ३०० किलोमिटर हुने कम्पनीले जनाएको छ ।

यो रेसिङ कारले रेगुलर फर्मुला वान रेसिङ कारको जस्तै ह्यान्डलिङ गुणस्तर प्रदान गर्छ । यसलाई सञ्चालन गर्न पाइलट आवश्यक पर्छ भने यसले अधिकतम ९५० किलोग्राम वजन टेकअफ गर्न सक्छ ।


Back_to_top