किया सेल्टोसको नयाँ प्रतिस्पर्धी ग्राण्ड भिटारा, यस्ता छन् फरक

काठमाडौं । सिजी मोटोकर्पले आफ्नो पछिल्लो उत्पादन सुजुकी ग्राण्ड भिटारा नेपाली बजारमा ल्याएको छ । कम्पनीले ग्राण्ड भिटाराको स्मार्ट हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट नेपाल ल्याएको हो । साथै, प्योर हाइब्रिड मोडल पनि उपलब्ध गराएको छ ।

सुजुकी ग्राण्ड भिटारा नेपाली बजार आएसँगै स्मार्ट हाइब्रिडको टप भेरियन्ट अल्फा र कन्टिनेन्टल ट्रेडिङ प्रालिले हाल बिक्री गर्दै आएको किया सेल्टोसको टप भेरियन्ट जीटीएक्स प्लस बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यी दुबै गाडीमा धेरै फिचरहरु समान रहेका छन् ।

किया कोरियाली ब्राण्ड हो । मारुती सुजुकी इन्डो–जापानी ब्राण्ड हो । दुबै एसयूभी भारतमा उत्पादन भएर नेपाल आएका हुन् ।

बजार उपस्थितिका हिसाबले सेल्टोस पुरानो मोडल हो । सन् २०१९ देखि सेल्टोस नेपालमा उपलब्ध रहेको छ । सुजुकी ग्राण्ड भिटारा पनि पुरानो नेम प्लेट हो । तर, गाडी भने पूर्ण नयाँ हो ।सुजुकी ग्राण्ड भिटारामा नेचुरल्ली एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर, के१५सी ड्यूलजेट पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०३ पीएस र १३६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ । ब्रेजामा पनि यही इन्जिन उपलब्ध छ ।

त्यसैगरी, किया सेल्टोसको टप स्पेक जीटिएक्स प्लसमा पनि १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६३०० आरपीएममा ११५ पीएस र १४४ एनएम टर्क प्रदान गर्छ ।

डाइमेन्सन

किया सेल्टोसको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६४५ एमएम रहेको छ । सुजुकी ग्राण्ड भिटाराको लम्बाई ४३४५ एमएम, चौडाई १७९५ एमएम र उचाई १६४५ एमएम रहेको छ । समान हाइट भएका यी दुई गाडीमा सेल्टोसमा १० एमएम बढी लामो ह्वील वेस उपलब्ध छ ।

ग्राण्ड भिटारामा २६०० एमएम र सेल्टोसमा २६१० एमएमको ह्वीलवेस उपलब्ध छ । साथै, सेल्टोसको बुटस्पेस पनि ठूलो छ । यसमा ४३३ लिटरको बुटस्पेश रहँदा ग्राण्ड भिटारामा ३७३ लिटरको मात्र छ ।

ड्यासबोर्ड

कियाले भारतमा उत्पादन गरेको पहिलो एसयूभी सेल्टोसको टप स्पेक भेरियन्टमा ड्यासबोर्डमा स्टाइलिस फिचरहरू दिएको छ । सेल्टोसको ड्यासबोर्डमा सिल्भर र पियानो ब्ल्याक फिनिस पाउन सकिन्छ भने सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ । यसको डोर प्यानल र ड्यासबोडमा डबल स्टेचिङ लेदरको प्रयोग गरिएको छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

त्यस्तै, ग्राण्ड भिटाराको ड्यासबोर्डमा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिडल वाच जस्ता फिचरले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ ।

फिचर्स

फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध ग्राण्ड भिटारामा सुरक्षाका फिचर्सहरु एयरब्याग, ३६० डिग्रि भ्यु क्यामेरा, रिभर्स पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर, टायर प्रेसर मनिटरिङ सिस्टम, इएसपी, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, आइसोफिक्स चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।

कियाको सेल्टोसमा पनि ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्टेबिलिटि म्यानेजमेन्ट, ड्राइभर प्यासेन्जर एयरब्याग, आईसोफिक्स चाइल्ड एंकर, स्पिड सेन्सीङ डोर लक, रियर पार्कीङ सेन्सर, फ्रन्ट पार्कीङ सेन्सर, अल फोर डिस्क ब्रेक लगायतका सेफ्टी फिचर्स दिइएको छ ।

मूल्य

मारुती सुजुकी ग्राण्ड भिटाराको स्मार्ट हाइब्रिडमा अल्फा भेरियन्टको अनुमानित मूल्य ८० लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । किया सेल्टोसको टप स्पेक जीटीएक्स प्लस भेरियन्टको मूल्य ७९ लाख ९० हजार पर्छ ।


Back_to_top