होण्डा सीबी ३५० क्याफे रेसर आउँदै

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी होण्डा प्रिमियम मोटरसाइकल उत्पादन तथा नेटवर्क विस्तारलाई तीव्र बनाएको छ ।

यसैक्रममा, होण्डाले ३५० सीसी सेग्मेन्टमा क्याफे रेसर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले होण्डा हाइनेस सीबी ३५० मा आधारीत क्याफे रेसर मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले आगामी मार्च महिनामै सार्वजनिक गर्ने तयारी गरिरहेको क्याफे रेसर ३५० को तस्वीर सार्वजनिक भएको छ । तस्वीरमा देखिए अनुसार सीबी ३५० क्याफे रेसरको फ्रन्टमा विकिनी फेयरिङ र सानो भाइजर देखिएको छ ।

त्यस्तै, क्याफे रेसरको रियरमा सिट कौल देखिएको छ भने सिटमा गोल्डने लेदर फिनिसिङमा देखिएको छ । यसमा सीबी ३५० मा रहेको ३४९ सीसी इन्जिन रहने छ, यसले २०।८ हर्स पावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ ।

होण्डा सीबी ३५० क्याफे रेसरको बारेमा धेरै कुरा बाहिर आएको छैन ।


Back_to_top