काठमाडौं । कियाले आफ्नो फ्ल्यागसिप मोडल ईभी९ एसयूभी यहि महिना सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो गाडीको कन्सेप्ट भने २०२१ नोभेम्बरमा भएको एलए मोटर शोमा देखाएको थियो । कन्सेप्ट देखाएको ४४ महिना बजारमा ल्याउने तयारी भएको हो ।
हुन्डाईको ईभी सिक्स जस्तै इजीएमपी प्ल्याटफर्ममा बनेको कियाको ईभी९ थ्रीरो सिट भएको एसयूभी हो । यो एसयूभीको साइज कियाको फ्ल्यागसिप एसयूभी टेलुराइड जस्तै रहेको छ ।
ईभी९ एसयूभीमा रियर ह्वील वा अल ह्वील दुवै ड्राइभिङ अप्सन प्राप्त हुनेछ । किया ९ को कन्सेप्ट डिजाइन भने निकै फ्यूचरीस्टिक देखिएको थियो । यसको प्रोडक्सन मोडल पनि आकर्षक हुने अनुमान गरिएको छ ।
कम्पनीले ईभी९ मा ६४ किलोवाट आवरको ब्याट्रीको साथमा डुअल मोटर दिएको छ । यो एसयूभीले एक पटकको फुल चार्जमा ४८२ किलोमिटरको रेन्ज प्रदान गर्ने जनाइएको छ । यसबाहेक, कियाले यसमा नेक्स जेनेरेसन अल्ट्रा फास्ट चार्जरको मद्दतले १० देखि ८० प्रतिशत चार्ज मात्र ३० मिनेट भित्रै चार्ज गर्न सकिने समेत जनाएको छ ।
यो एसयूभीको अगाडि बम्परको किनारामा एलइडी लाइटिङ एलिमेन्ट्स रहेको छ । त्यस्तै, वेलकम प्याटर्नस, भर्टिकल पोजीसनमा एलईडी डीआरएल, छतमा सोलार प्यानल, हटाउन मिल्ने रुफरेल तथा क्यामरा मोनिटरिङ जस्ता फिचरहरू रहेको छ ।
यसको ड्यासबोर्डमा विशाल २७ इन्चको अल्ट्रा वाइड इन्स्ट्रुमेन्ट क्लस्टर तथा योक डिजाइनको स्टेरिङ ह्वील रहेको छ । यसमा स्पेसियस क्याबिनका साथै फ्ल्याट फ्लोर, ठूलो साइजको विण्डो प्यानारोमिक रुफ जस्ता विशेषता रहेको छ ।
ईभी९ को लम्बाई ४९३० एमएम, चौडाई २०५५ एमएम र उचाई १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेस भने ३१०० एमएम लामो छ । यसको एक्टेरियरमा देखिने मल्टिपल कट तथा क्रिज अनि उत्कृष्ट ह्वील आर्क, ठूलो साइजको ह्वील र डिजिटल टाइगर फेस सहितको फ्यूचरिस्टिक फेसियाले धेरैको नजर खिच्न सफल देखिएको छ ।

