नेटा भीको सफलतासँग जोडिएको ३ कुरा

काठमाडौं । कुनै पनि गाडीको सफलता प्रयोगकर्ताको चाहनासँग जोडिएको हुन्छ । गाडी किन्ने मानिसको छनोटमा पर्न सफल भए कुनै पनि कारले सफलता पाउँछ, अन्यथा बजारबाट हराउँछ ।

एफएमसीजी र होम एप्लाइन्सेसको ब्यापारमा अग्रणी स्थान बनाएको चौधरी ग्रुप अन्तर्गत नयाँ स्थापना भएको सिजी मोटर्सले नेपाल ल्याएको होजोन मोटर्सको उत्पादन नेटा भी विगत ७ महिनादेखि निकै चर्चा भएको मोडल हो ।

कम्प्याक्ट क्रसओभर डिजाइन र अन्तर्राष्ट्रिय बजारमै मूल्य कम भएको र नेपालमा महंगो मूल्य कायम गरेको भन्दै शोसल मिडियामा चर्चा गरिएको नेटा भी अहिले बाक्लो संख्यामा बाटोमा गुड्न थालिसकेको छ ।

चिनियाँ उत्पादक होजोनले यसलाई धेरै हदसम्म टेस्ला कारबाट प्रेरित रहेर तयार गरेको छ । टेस्लाको जस्तै ड्यासबोर्डमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र स्वीच लेस ड्यासबोर्ड बनाएर धेरै पैसा तिर्न नसक्ने तर, टेस्लाको फिल दिने गाडी खोज्ने ग्राहकलाई तान्न सफल भएको देखिन्छ । त्यो नेपालमा मात्र नभई चीन र थाइल्याण्डमा पनि सफल भएको छ ।

अर्को महत्वपूर्ण विषय डेडीकेटेड ईभी प्लेटफर्ममा उत्पादन भएको कारण यो बजारमा उपलब्ध साना ईभीको तुलनामा उत्कृष्ट पर्फमेन्स दिन सक्ने क्षमता राख्छ । यसको बाहिरी बनोट पनि धेरै हदसम्म टेस्लासँग मिल्छ ।

नेपाल आएदेखि नै ग्राहकले यसलाई खुब मनपराएका छन् । बजारमा ईभी खोज्नेलाई थुप्रै छनोट उपलब्ध भएपनि यसले सफलता पाउनुमा केही खास कारण छन् ।

१. मूल्यः सिजी मोटर्सले यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यो मूल्यमा कुनै पनि ब्राण्डले डेडीकेटेड ईभी प्लेटफर्ममा उत्पादन गरेको ईभी विक्री गरिरहेको छैन ।

त्यसमा पनि कम्पनीले बीमा, वार्षिक कर, एशोसरीज, ६.६ किलोवाट क्षमताको एसी चार्जर जस्ता थप सुविधा दिएको छ । त्यसले ग्राहकलाई निकै आकर्षित गरिरहेको कम्पनीको भनाई छ ।

२. डिजाइनः होजोन मोटर्सले एचईटीपी ३.० टेक्नोलोजी प्रयोग गरेको नेटा भी धेरै हदसम्म टेस्ला जस्तै देखिन्छ । आकर्षक ड्यासबोर्ड, यूनिक गियर नब, स्टाइलिस स्टेरिङ ह्वील, प्रिमियम देखिने पियू लेदर सिट, प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको ह्वील जस्ता फिचरले यसलाई निकै लोभ लाग्दो बनाएको छ ।

३. रेन्जः नेपालमा इलेक्ट्रीक गाडी किन्ने जो कोहीले गर्ने पहिलो प्रश्न रेन्ज कति दिन्छ भन्ने हो । यसलाई विभिन्न परिक्षणले ३८० किलोमिटरसम्म रेन्ज दिने भनेर प्रमाणित गरेको छ । नेपाली सडकमा पनि यसले सिंगल चार्जमा ३०० किलोमिटर माथि नै रेन्ज प्रदान गर्छ ।

कम्पनीले यसमा दिएको ३८.५ किलोवाट आवरको एनसीएम ब्याट्री निकै राम्रो रेन्ज दिनेमा पर्छ । कम्पनीले यसमा ७० किलोवाट आवरको मोटर दिएको छ । गाडीको साइज अनुसार मोटर साइज पनि उत्कृष्ट भएको कारण यसको रेन्ज धेरै आएको हो ।


Back_to_top