पेट्रोल बचाउने अभियानमा आयल निगम, किन्यो सर्वाधिक रेन्ज दिने ईभी

काठमाडौं । नेपाल आयाल निगमले किनेको विद्युतीय कार डिलिभरी लिएको छ । निगमले नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै ५२१ किलोमिटर रेन्ज दिने बीवाइडी इ६ डेलिभरी लिएको हो ।

नेपाल आयाल निगमले ३ वटा विद्युतीय कार खरिदको लागि टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा सहभागी मध्ये बीवाइडी न्यू इ६ खरिद गरेको हो । निगमले ३ वटा बीवाइडी इ६ को लागि १ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

सरकारले विद्युतीय साधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाउने रणनीति बनाए अनुसार आयाल निगमले किनेको विद्युतीय साधनको सांकेतिक महत्व धेरै हुने सरोकरवालाहरुको भनाई छ ।

साइमेक्स इंकले आधिकारीक रुपमा नेपालमा विक्री गर्दै आएको बीवाइडी इ६ मा ७२ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री रहेको छ । सुरक्षाको हिसावले उत्कृष्ट मानिएको ई६ नेपालमा सफल मोडल मानिन्छ ।

निकै ठूलो साइज, सबै किसिमका आधुनिक सुरक्षा फिचर उपलब्ध इ६ नेपाली बाटोमा राम्रै संख्यामा गुड्दै आएका छन् ।


Back_to_top